हरिमाया, सीता र सविनको मौलिक भाका ‘छुट्यो माया’

म्यूजिक खबर
प्रकाशित: ३ बैशाख २०७८, शुक्रबार

काठमाडौं । गोरखा जिल्लाको सिरानचोक वरिपरिको मौलिक भाकालाई म्यूजिक भिडियो मार्फत् सम्पूर्ण स्रोता दर्शकहरुका सामु प्रस्तुत गरिएको छ । गायिका सीता गुरुङ र हरिमाया गुरुङको प्रस्तुति रहेको मौलिक झ्याउरे भाका ‘छुट्यो माया’ चरी बस्यो भाग–२’ का रुपमा प्रस्तुत गरिएको हो । चरि बस्यो बोलको गीतले सफलता पाएपछि पुनः त्यसकै सिक्वेलका रुपमा छुट्यो मायालाई बजारमा ल्याइएको हो । यसको लय संकलन सविन कोके गुरुङकै रहेको छ । गीतको शब्द सविन कोके गुरुङ, सीता गुरुङ र हरिमाया गुरुङको रहेको छ । गीतको सहगायनमा शित्तल गुरुङ, शिशिर गुरुङ, रुपी सिंजाली मगर, प्रेम राना र विमल परियारले साथ दिएका छन् । गीतमा दिवान किनारको संगीत संयोजन रहेको छ ।

छुट्यो माया गीतको म्यूजिक भिडियोलाई दिप गुरुङको निर्देशन र कोरियोग्राफी गरेका छन् । धादिङको गंगा जमुना बसेरीमा छायाँकन गरिएको यो म्यूजिक भिडियोले रोधीको प्यास मेटाउने विश्वास लिइएको छ । भिडियोको कन्सेप्ट र कथा सुरज गुरुङको रहेको छ।

मेक बहादुर थापाले सम्पादन गरेको भिडियोलाई बिजय लामाले खिचेका हुन् भने ड्रोन विकाश दाहालले उडाएका हुन्। भिडियोमा सुरज गुरुङ, सविन कोके गुरुङ, मनिता गुरुङकको अभिनयका साथै आनन्द गुरुङ, आशिष गुरुङ, सुदिप गुरुङ, बबिता गुरुङ, पार्वती गुरुङ,र गंगा गुरुङको नृत्य रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु