लामागाउँले नचाउँदै हरिराम र सुनिला

म्यूजिक खबर
प्रकाशित: १३ माघ २०७४, शनिबार

१३ माघ, काठमाडौं । गायक हरिराम परियार र गायिका सुनिला गुरुङले गोरखाको मिरकोटबासीलाई मनोरञ्जन प्रदान गरेका छन् । पालुङ्टार १० लामागाउँमा चन्द्रमुखी युवा क्लबको आयोजनामा भएको बृहत सांस्कृतिक कार्यक्रममा उनीहरुले आफ्नो प्रस्तुति दिएका हुन् ।


बाँचुन्जेल नाचौं गाउँ सानु बोलको गीत गाउँदा हरिराम परियारको स्वरसँगै स्वर मिलाउँदै दर्शकहरुले पनि नाच्ने गाउने गरेका थिए । प्रत्यक्ष गायनमा राम्रा प्रतिभाका रुपमा चिनिने हरिराम परियारको पछिल्ला गीतहरुले स्टेज तताउने गरेको छ । त्यसो त उनी कुशल कार्यक्रम संचालक पनि हुन् भने दर्शकको रुचीअनुसारको प्रस्तुति दिन पनि माहिर छन् । त्यस्तै गायिका सुनिला गुरुङको दोहोरी गायन शैलीले पनि दर्शकलाई झुमाउने गर्छ । गोरखामा नै जन्मिएर गीतसंगीतको क्षेत्रमा लागेका हरिराम र सुनिलाको गायकीले गोरखाबासीलाई पनि झुमाएको छ ।

हरिराम र सुनिलाले बृहत सांस्कृतिक कार्यक्रमका अध्यक्ष आदेश वाइबाको निम्तोलाई स्वीकार्दै उनीहरु त्यहाँ पुगेका थिए । उनीहरुको साथमा गोरखाली तारा साजन गुरुङ, गोर्खाली मल्टिट्यालेन्ट ग्रुपको पनि प्रस्तुति रहेको थियो ।

हरिराम परियारको स्टेज प्रस्तुति रहेको यो भिडियो पनि हेर्नुहोस्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु