![](https://musickhabar.com/wp-content/uploads/lok-samman-300x150.jpg)
काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक बजारमा सार्वजनिक हुने गीतहरु व्यवसायिक धारमा निर्माण हुने गरेका छन् । सार्वजनिक हुने गीतहरुको आधारमा यो समय डान्सिङ बिटको गीतहरुको समय नै हो भन्दा फरक पर्दैन । तर यहि माहौलमा एउटा सामाजिक र मर्मश्पर्शी गीत सार्वजनिक भएको छ ।
गायिका शान्ति श्री परियारको आवाजमा रहेको गीत ‘न्याय मरेको देश’ सार्वजनिक भएको हो । संचारकर्मी बिना श्रेष्ठको निर्देशनमा बनेको भिडियोले नारीहरुमाथि घटेका बलात्कार, एसिड काण्ड र छाउपडी प्रथा सम्बन्धि हिंसालाई उतार्ने प्रयास गरिएको छ ।
राजेश पौडेलको शब्द रचना रहेको गीतमा दिनेश मुस्कानको संगीत रहेको छ। रश्मि शाक्यले निर्माण गरेको भिडियोमा उत्तम हुमागाईंको छायाँकन, अनिल कुमार महर्जनको सम्पादन रहेको छ।
भिडियोमा लक्ष्मी बर्देवा, सुशील पोखरेल, साक्षी लम्साल, पुजन घिमिरे, बासुशाही, अनिता पौडेलको अभिनय रहेको छ।