काठमाडौं । नेपाली सांगीतिक बजारमा सार्वजनिक हुने गीतहरुको भिडमा मनछुने गीत ‘माया देकै हो’ सार्वजनिक भएको छ । प्रेम र समर्पणको भाव बोकेको गीतमा गायक तथा संगीतकार बसन्त थापा र समिक्षा अधिकारीको स्वरको जादुमयी प्रस्तुती प्रस्तुती छ। भरत बराकोटीको शब्द रहेको गीतमा बसन्त थापाकै संगीत छ । कृष्ण बिक ‘भाञ्जा’ को एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
गीत शब्द, संगीत तथा गायन सबै पक्षबाट निकै राम्रो बनेको छ । गीतमा ओबि रायमाझी, सारिका केसी र मेलिना मगर फिचरिङ छन् । गीतको भिडियो फरक रुपले प्रस्तुत गरिएको छ । मोडल ओबि रायमाझीको युट्युब च्यानलबाट सार्वजनिक गरेको भिडियोको गीतमा माया प्रेम र समर्पणको भाव समेटिएको छ ।
सुरेश श्रेष्ठको छायांकन, राजेश शाहको सम्पादन र कलरिङ रहेको गीतको भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् ।