• को हुन् हेमन्त शर्माको असफल मायालु ?

    म्यूजिक खवर
    प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार

    काठमाडौं । लोकप्रिय गायक हेमन्त शर्मा यतिखेर मायाको चोटमा आफ्ना मनका वेदना पोखिरहेका छन् । आफ्नी मायालुसँग प्रश्न गर्दै तिम्लाई मेरो याद आउँछ कि आउँदैन ? भनिरहेका छन् । आखिर को हुन् त उनको असफल मायालु ?
    हेमन्त शर्माको स्वरमा रहेको ‘ए मेरी असफल मायालु’ बोलको उनीसँगै गायिका एलिना चौहानले साथ दिएकी छन् ।

    गायक हेमन्त शर्माको प्रश्नमा जवाफ स्वरुपमा गायिका एलिनाले भनेकी छन्, ‘कसरी बताउँ कति याद आउँछ, सिरानी आँसुले सधैं भिजाउँछ ।’ उक्त गीतको भिडियोमा गायक शर्मा र गायिका एलिनाको अभिनय पनि रहेको छ ।

    उक्त गीतमा गायक शर्माकै शब्द सृजना र संगीत रहेको छ भने कृष्ण बिकेले संगीत संयोजन गरेका छन् । सो गीतका भिडिओलाई निकेश खड्काले निर्देशन गरेको हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु