लोकप्रिय गायक हेमन्त आलेलाई पितृशोक

म्यूजिक खबर
प्रकाशित: २८ माघ २०७७, बुधबार

काठमाडौं । लोकप्रिय गायक हेमन्त आलेलाई पितृशोक परेको छ । गायक आलेका पुजनीय पिता हुमबहादुर आलेको ७० वर्षको उमेरमा आज आर्मी हस्पिटल छाउनीमा निधन भएको हो । विगत केही समयदेखि विरामी परेर उपचार गराइरहेका स्वर्गीय आलेको आज नै पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ ।
सरकारी सेवाबाट अवकाश प्राप्त आले कम्युनिष्ट विचारधाराका सशक्त योद्धा थिए । जनताको बहुमत प्राप्त गरेर गोरखाको थुमी गाविस अध्यक्षसमेत भएका उनी तत्कालिन समयमा सामाजिक विकासको अवधारणामा जनतालाई अगाडि बढाउने व्यक्ति थिए । उनलाई नेपाल कम्युनिष्ट पार्टीको झण्डा ओढाएर पशुपति आर्यघाटमा अन्तिम श्रद्धान्जली दिइएको थियो ।
त्यसैगरी गोरखा सांस्कृतिक समाज काठमाडौंले लोकप्रिय गायक हेमन्त आलेलाई परेको पितृशोकप्रति शोक व्यक्त गर्दै श्रद्धान्जली अर्पण गरेको थियो । समाजका वरिष्ठ उपाध्यक्ष सुमन पण्डित, उपाध्यक्ष सञ्जय गुरुङ, महासचिव दिनेश थापा, प्रवक्ता लवकुमार भट्ट, सदस्यहरु प्रकाश गुरुङ, खेमराज तिवारी, राजु तोलाङ्गी लगायतले शोक व्यक्त गर्दै श्रद्धान्जली अर्पण गरेका थिए ।

स्वर्गीय हुमबहादुर आलेका चार सुपत्र र एक श्रीमती रहेका छन् । चार सन्तानमध्येका साइला हेमन्त आले गोरखा जिल्लाका लोकप्रिय गायक हुन् । गायक हेमन्त आले गोरखा सांस्कृतिक समाजका कार्यकारी सदस्य हुन् । उनका आकाशको जून, लाहुरे साइलो, सोल्टी राजा, भइयो भेट, साली भेना, के होला शुभनाम, बढ्दैछ ढुकढुकी जस्ता दर्जनौं लोकप्रिय गीतहरु रहेका छन् ।

म्यूजिक खबर परिवार स्वर्गीय हुमबहादुर आलेप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु