हेमन्त खतिवडाका आध्यात्मिक गीतहरुको संग्रह

म्यूजिक खबर
प्रकाशित: २१ असार २०७८, सोमबार १३:३३

काठमाडौं । डा. हेमन्त खतिवडाका आध्यात्मिक गीतहरूको पहिलो सङ्ग्रह बजारमा आएको छ । ‘भजन सङ्ग्रह’ नाम दिइएको यस सङ्ग्रहमा १०६ वटा भजनहरू सङ्ग्रहित छन् ।

११५ पृष्ठको यस सङ्ग्रहमा यसअघि नै रेकर्ड भइसकेका गीतसमेत सङ्कलित गरिएको भजनकार डा. खतिवडाले जनाउनुभएको छ ।५० वटा त्यस्ता भजनहरूमा भारतीय गायकगायिका आशा भोसले, साधना सरगम, कैलाश खेर, पण्डित जशराज, कुमार सानु लगायतले स्वर दिएका छन् ।

रेकर्ड भएका गीतहरू शास्त्रीय र अर्द्धशास्त्रीय किसिमका रहेका डा। खतिवडाको भनाइ छ ।

भजन आशा र उत्साह जगाउने, मृत्युलाई पनि उत्सवका रूपमा चित्रण गरिएको छ । भजन आशा र उत्साह जगाउने, मृत्युलाई पनि उत्सवका रूपमा चित्रण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु