• नेपालमै तयार गरिएको पहिलो हिन्दी गजल “बहुत देर“ भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: २२ बैशाख २०७६, आईतवार

    काठमान्डाँै ।
    चर्चित गायक स्वरुपराज आचार्यको हिन्दी गजल “ बहुत देर “को भिडियो सार्वजनिक भएको छ । नेपालमा नै पहिलो पटक फरक किसिमको गजल प्रस्तुत भएको हो ।

    किरण प्रकाश विसीको शब्द सिर्जना तथा नेपाली लोक गीत तथा आधुनिक गीत गजलमा जमिरहेका अहिलेका ब्यस्त संगीतकार डी.आर.अटुको संगीत रहेको यो हिन्दी गजलबाट पनि दर्शक श्रोताको माया पाउने कुरामा आफु आशावादी रहेको उनले बताए । । गजलमा प्रेम र विछोडलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । विष्णु अधिकारीको एरेन्ज सो गजलमा रहेको छ ।

    जिवन श्रेष्ठको छायाँकन , अर्जुन पोखरेलको सम्पादन तथा जिवन शाहीको निर्देशन भिडियोमा रहेको छ । “ बहुत देर “ गजलमा सम्पदा बानिँया , सौरभ अधिकारी गान्धिव सुवेदीको अभिनय रहेको छ ।

    “ बहुत देर “ गजलको भिडियो हेर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु