‘दही मिठो…’ भन्दै आए हिराकाजी (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १४ मंसिर २०७५, शुक्रबार

काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको लोकप्रिय हास्य श्रृंखला ‘रिसानी माफ…’ का लोकप्रिय पात्र हुन् हिराकाजी । उनको वास्तविक नाम हो राजकुमार देवकोटा । देवकोटा ‘रिसानी माफ’ का मुख्य कलाकारका साथै निर्माता समेत हुन् ।

कलाकार देवकोटाको परिचय यत्तिमै सिमित छैन । उनी अभिनयका साथ–साथै कुशल गायक पनि हुन् । देवकोटाले आफ्नो स्वरमा केही एकल एल्बम सहित दर्जनौं गीत गाइसकेका छन् । झण्डै डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय देवकोटाले गाएका गीतहरुमध्ये कल्पनाकी मनकी रानी, मर्थें मर्थें, निधारमा रातो टीका, आकाश हाम्रा पिता आदि स्रोताले रुचाएका थिए ।

यसअघि ‘हर्के हल्दार’ शीर्षकको टेलिश्रृंखलामा समेत अभिनय गरेका उनै गायक देवकोटा आफ्नो बिल्कुलै नया“ गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । ‘दही मिठो दारको ठेकीको…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो बिहिबार सङ्सनेपाल यूट्युब च्यानलमार्फत प्रिमियर गरिएको छ ।

 

संगीतकार वसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ उक्त गीतमा रमेश भट्टराईको संगीत संयोजन छ ।

उक्त म्युजिक भिडियोलाई बिनोद राई ‘घ्याम्पे सुब्बा’ ले निर्देश्ँन गरेका हुन् । सागर गौतमले यो म्युजिक भिडियो छायांकन गरेका हुन् । उक्त गीतको रमाइलो म्युजिक भिडियोमा कलाकार बेगम नेपाली, सुदिप हमाल र अनुमति नेपालीले अभिनय गरेका छन् । रविन्द्र खड्काले उक्त भिडियो सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु