• १५औं विन्धबासिनी म्यूजिक अवार्डको सम्मान तथा पुरस्कार घोषणा

    म्यूजिक खबर
    प्रकाशित: २४ फाल्गुन २०८१, शनिबार

    काठमाडौं । बिन्ध्यबासिनी म्यूजिक अवार्डको १५ औं संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । बिन्ध्यबासिनी फाउन्डेसनले आज राजधानीमा स्रष्टा कलाकार एवं पत्रकारहरुको भेला आयोजना गरी सम्मान तथा पुरस्कारको घोषणा गरेको हो ।

    अवार्ड कार्यक्रममा प्रतिष्ठित गीतकार राजेन्द्र थापालाई बिन्ध्यबासिनी लाइफटाइम अचिभमेन्ट सम्मान दिइने घोषणा गरिएको छ । फाउन्डेसनका सल्लाहकारहरू गीतकार किरण खरेल र दिनेश अधिकारी तथा संगीतकार दीपक जंगम र शक्ति बल्लभको समितिले यस वर्षको विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड गीतकार राजेन्द्र थापालाई प्रदान गर्ने सिफारिस गरेका हुन् । फाउन्डेसनका सल्लाहकार दिनेश अधिकारीले गीतकार थापालाई एक लाख नगद राशिसहितको सम्मान दिइने घोषणा गरे ।

    यस्तै अवार्डमा प्रदान गरिने बिन्ध्यबासिनी संगीत साधना सम्मान यस वर्ष ५० हजार नगद राशिसहित गायिका संगीता शाक्यलाई प्रदान गरिने भएको छ ।

    त्यस्तै प्रेमध्वज प्रधान संगीतरत्न सम्मान गायिका निशा देशारलाई दिइने भएको छ भने झलकमान लोक संगीत सम्मान गायक शिरीष देवकोटालाई दिइने भएको छ । यी पुरस्कारको राशि नगद रु.२५ हजार रहेको छ ।

    त्यस्तै बिन्ध्यबासिनी कला पत्रकारिता पुरस्कार पत्रकार शारदा थापालाई दिइने भएको छ । त्यसैगरी यस वर्षको विन्ध्यवसिनी कला पत्रकारिता सम्मान नगद २५ हजार रुपियाँसहित पत्रकार शारदा थापालाई प्रदान गर्न सिफारिस गरिएको छ। समितिका संयोजक पत्रकार विदुर गिरीले छलफलपश्चात् सिफारिस घोषणा गरेका थिए। भेलाले सिफारिश भएका सबै नाम अनुमोदन गरेको छ।

    भेलामा उपस्थित स्रष्टा कलाकार र पत्रकारहरुलाई सम्बोधन गर्दै बिन्ध्यबासिनी म्यूजिकका अध्यक्ष सुबास रेग्मीले १५ औं बिन्ध्यबासिनी म्यूजिक अवार्ड आगामी चैत २८ गते राष्ट्रिय नाचघर जमलमा आयोजना गरिने बताए ।

    कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, रोयल्टी संकलन समाजका महासचिव बी पाण्डे र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष दुर्गा रायमाझीले शुभकामना मन्त्व्य दिएका थिए । भेलामा फाउन्डेसनका सल्लाहकार प्रतिष्ठित गीतकार किरण खरेल, प्रतिष्ठित संगीतकार शक्ति बल्लभ, प्रतिष्ठित संगीतकार दिपक जंगम, प्रतिष्ठित गीतकार दिनेश अधिकारी, प्रतिष्ठित संगीतकार राजु सिंह लगायत बिशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु