• ‘दोस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड’ मा ६ नारीलाई सम्मान

    म्यूजिक खबर
    प्रकाशित: २१ भाद्र २०८०, बिहीबार

    काठमाडौं । आगामी भाद्र २५ गते गोंगबुस्थित बीजी बैंकटको हलमा हुने भनिएको ‘दोस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड’ मा सम्मान गरिने व्यक्तित्वहरुको नाम घोषणा भएको छ । समाजका विभिन्न क्षेत्रमा योगदान दिएका नारीहरुलाई सम्मान गरिने भएको हो ।
    सम्माननीय उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा हुने यस कार्यक्रममा गायिकाद्वय दुर्गा गुरुङ र मन्जु पौडेललाई ‘संगीत नारी रत्न सम्मान’ अर्पण गरिने भएको छ । आर्टिष्ट अफ नेपालको प्रस्तुति रहेको यस अवार्डमा सञ्चारकर्मी जयन सुब्बा मानन्धर, खेलाडी तथा कलाकार नन्दा बस्याल, सौन्दर्यकर्मी रश्मिला श्रेष्ठ र निर्देशक बबिता श्रेष्ठलाई समेत सम्मानित गरिनेछ ।
    जयनलाई ‘राष्ट्रिय कला पत्रकारिता विशेष सम्मान’, रश्मिलालाई ‘राष्ट्रिय सौन्दर्य विशेष सम्मान’, नन्दालाई ‘राष्ट्रिय खेल विशेष सम्मान’ र बबितालाई ‘राष्ट्रिय कला विशेष सम्मान’ अर्पण गरिनेछ ।

    ‘संगीत नारी रत्न सम्मान’ – गायिका दुर्गा गुरुङ
    गायिका दुर्गा गुरुङ २०५१ सालमा लाइभ दोहोरी गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी हुन् । काठमाडौंमा रेडियो नेपालबाट २०५३ सालमा ‘स्याङ्जा डाँडा घुम्तीमा पहिरो छ, माया गहिरो छ’ लोकगीत रेकर्ड भयो । त्यही सालमा उनले रेडियो नेपालबाट स्वर परीक्षा पास गरिन् । त्यसयता सांगीतिक क्षेत्रमा अनवरतरुपमा लागिरहेकी गायिका गुरुङका ‘घुमी घुमी बसियो माहुरी’, ‘देउराली भन्ज्याङ’, ‘घरीकहाँ हो माया’, ‘दाइ त मेरो लाहुर जाने’ लगायत गीतहरु चर्चामा रहे । त्यस्तै गुरुङ भाषाको पहिलो चलचित्र ‘पातें’ को गीत पनि उनको स्वर सुन्न सकिन्छ । मौलिक सोरठी, तीज गीत, घाँटु, लोकगीत, दोहोरीलगायत २५ सय हाराहारीमा गीत गाइसकेकी छिन् । गायनकै सिलसिलामा बेलायत, जापान, जर्मन, कोरिया, हङकङ, बेल्जियमलगायत विश्वका २० वटा जति देश भ्रमण गरिसकेकी गायिका दुर्गा गुरुङलाई ‘दोस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड’ का अवसरमा ‘संगीत नारी रत्न सम्मान’ अर्पण गर्न लागिएको हो ।

    ‘संगीत नारी रत्न सम्मान’ – गायिका मन्जु पौडेल
    त्यसैगरी अर्की लोकप्रिय गायिका मन्जु पौडेललाई पनि यस वर्ष ‘संगीत नारी रत्न सम्मान’ अर्पण गरिने भएको छ । गुल्मी जन्मघर भएकी उनले अहिलेसम्म थुप्रै लोक गीतहरु बजारमा ल्याइसकेकी छन् । २०६२ सालमा पहिलो पटक उनले तीज गीत रेकर्ड गराएकी थिइन् । त्यसपछाडि यो मितिसम्म आइपुग्दा उनले दर्जनको हाराहारीमा एल्बम ल्याइसकेकि छन् पचास बढी गीतमा स्वर दिइसकेकी छिन् । लाइभ दोहोरीमा पनि खप्पिस उनका ‘धुवाँसरी फैलिएछ’ ‘नआउ भेट्नलाई’, ‘बाबाको आँगनी’, लगायत थुप्रै गीतहरु चर्चित छन् । संख्यात्मक भन्दा गुणात्मलाई विश्वास गर्ने पौडेल स्टेज तताउने कलाकारको रुपमा चिनिन्छिन् । पौडेलले बुटवल स्थित बुटवल एफएम हुँदै तिनाउ एफएम र रुपन्देहीबाटनै स्टेज उद्घोषण तथा गायन यात्रा सुरु गरेकी थिइन् । संघीय राजधानी काठमाण्डौं स्थित नेपाल टेलिभिजन र स्टार एफएममा कार्यक्रम सञ्चालिका रहेकी पौडेल सफल सञ्चारकर्मी पनि हुन् । विगतमा जापान, अस्ट्रेलिया, बेलायतसहित युरोपियन मुलुक दुबई, कतार, मलेसिया, हङकङ, सिंगापुर, कुवेत जस्ता विभिन्न देशहरूमा गाएर प्रस्तुति दिइसकेकी छिन् ।

    ‘कला पत्रकारिता विशेष सम्मान’ – पत्रकारिता जयन सुब्बा मानन्धर
    त्यसैगरि समारोहमा अग्रज पत्रकार जयन सुब्बा मानन्धरलाई ‘कलापत्रकारिता विशेष सम्मान’ अर्पण गरिने छ । उनले २५ वर्ष यता कलापत्रकारिता क्षेत्रमा योगदान पू¥याउँदै आएकी छिन् । गोरखापत्र दैनिक, बिमोचन (मासिक), पत्रिका सात दिने (साप्ताहिक), कान्तिपुर टुडे (मासिक), देशान्तर (साप्ताहिक), लन्डन पोस्ट ओभरसिज (अर्धमासिक), एफ एम (मासिक), जनज्योति (साप्ताहिक) जस्ता मिडियामा काम गरिसकेकी छिन् । त्यस्तै नेपाल टेलिभिजनबाट प्रसारण हुने मनोरञ्जनात्मक कार्यक्रम दृश्यको प्रस्तुती ‘फेशन म्युजिक’ मा फेशन डाइरेक्टरको रुपमा पनि काम गरिन् । त्यस्तै उनी पत्रकारितासँगै फेसनको दुनियाँमा पनि उतिकै सक्रिय र लोकप्रिय छिन् । दर्जनौं फेशन शोमा सहभागी, पेपर एड्भरटाईज , टि भी सी, थुप्रै फेशन म्यागजिनमा फेशन शुट गरिसकेकी छिन् ।

    ‘सौन्दर्य विशेष सम्मान’ – सौन्दर्यकर्मी रश्मिला श्रेष्ठ
    त्यस्तै ‘सौन्दर्य नारी रत्न सम्मान’ सम्मान सौन्दर्यकर्मी रश्मिला श्रेष्ठलाई अर्पण गरिने भएको छ । धादिङमा जन्मिएकी सौन्दर्यकर्मी श्रेष्ठ सौन्दर्य व्यवसायको क्षेत्रमा प्रवद्र्धकका रुपमा समेत चिनिन्छिन् । विगत डेढ दशकदेखि सौन्दर्य व्यवसायको क्षेत्रमा क्रियाशील रहेकी श्रेष्ठले करिब १५ वर्षअघि काठमाडौंको मुटु सुन्धारा स्थित ‘रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर’ स्थापना गरि व्यवसायिक रुपमा सौन्दर्य व्यवसाय शुरु गरेकी थिइन् । हाल उनका गंगबु स्थित बिजी मल, माछापोखरीको बुद्ध मल, र काठमाडौं मलको पहिलो तल्ला तगायतका स्थानमा व्यवसाय विस्तार गरिसकेकी छिन् ।सेलिब्रेटी, खेलाडी लगायत राष्ट्रका परिचित अनुहारहरुलाई निखारेकी छिन् । रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर नेपालमा मात्र नभएर विदेशमा समेत परिचित ब्राण्ड बनेको छ । यहाँ हजारौं महिला तथा पुरुषले सौन्दर्य सिप सिकेका छन् भने सयौंलाई रोजगारी दिइएको छ ।

    ‘राष्ट्रिय खेल विशेष सम्मान’ – नन्दा बस्याल
    त्यस्तै दोस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डमा खेलाडी तथा कलाकार नन्दा बस्याललाई पनि सम्मान गरिने छ । सुर्खेतमा जन्मिएकी बस्याललाई ‘खेल विशेष सम्मान’द्वारा सम्मानित गरिने छ । उनले दुई दशकभन्दा लामो समयदेखि नेपाली खेल क्षेत्रमा तेक्वान्दो खेलका माध्यमले यहाँले योगदान पू¥याउँदै आएकी छिन् ।
    हालै कोरियामा सम्पन्न भएको विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी उनले स्वर्ण पदक हासिल गरेर नेपाल र नेपालीलाई गौरावन्दित बनाएकी छिन् । प्रतियोगितमा विभिन्न ५७ वटा राष्ट्रका खेलाडीको सहभागिता रहेको थियो । २०५० सालबाट खेलकुदलाई अघि बढाएकी नन्दा नेपाल खेलकुद महासंघकी केन्द्रीय उपाध्यक्ष समेत हुन् । उनी खेलाडी मात्रै नभएर कलाकारको रुपमा पनि स्थापित छिन् । कला क्षेत्रमा ‘काजोल म्यूजिक’ नामको कम्पनी सञ्चालन गर्दै आएकी छिन् । उनी खेल र कलाकै मार्फत विश्वका दर्जन बढी देशमा पुगिसकेकी छन् ।

    ‘राष्ट्रिय कला विशेष सम्मान’ – निर्देशक बबिता श्रेष्ठ
    त्यस्तै निर्देशक बबिता श्रेष्ठलाई ‘कला विशेष सम्मान’ अर्पण गरिने छ । ललितपुर पुल्चोककी बबिताले विगत १२ वर्षदेखि म्युजिक भिडियो निर्देशनलाई निरन्तरता दिँदै आइरहेकी छिन् । ०६८ सालदेखि उनी म्युजिक भिडियो निर्देशनमा सक्रिय रहेकी उनले हालसम्म हजारौं भिडियो निर्देशन गरिसकेकी छन् । ती मध्ये सिन्दुर पोते, प्रदेशी चेली, नसिबैमा नलेखिएको कुरा, झुठो पिरती, बिधुवा, खोज्दै खोज्दै आउछु, पागल हुन्छु, नलाउ झुठो पिरती भाग २, लगायत थुप्रै गीतहरु चर्चामा आएका छन् । अन्य सयौंै चर्चित लोक गीतका म्युजिक भिडियोहरु निर्देशन गरिसकेकी छन् ।

    अवार्ड कार्यक्रमसँगै तीज फेस्टिबल मनाउँदै चेलीबेटीहरुलाई दर खुवाइने कार्यक्रम समेत रहेको ‘म्यूजिक खबर तीज म्यूजिक अवार्ड’ की अध्यक्ष सबिता पोखरेलले जानकारी दिइन् ।
    गत वर्ष शिवशक्ति तीज म्यूजिक अवार्डको नामले स्थापित भएको यो अवार्ड यो वर्षबाट भने म्यूजिक खबरले ब्रान्डिङ गरेको छ । तीज म्यूजिक अवार्डमा विभिन्न २५ विधाका स्रष्टा र सिर्जनाको उत्कृष्ट पाँचको मनोनयनहरु निम्न रहेका छन् ।

    सर्वोत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ
    १. खड्क बाजुराली – कमाउने नि हो रमाउने नि हो
    २. सञ्जय श्रीपाल – आफ्नै घर आँगनमा
    ३. कुमार राना – दुःख बिक्दैन खुशी टिक्दैन
    ४. एच.बी.एन. किस्मत – गाजले
    ५. कृष्ण लामिछाने – बटौली जानी

    सर्वोत्कृष्ट तीज गीत रेकर्डिष्ट
    १. सागर बाजुराली – मन्दिरमा गजुर
    २. गोविन्द अनेक – पियारी
    ३. विजय मगर – नाच्ने हो बाटुली
    ४. सुमन राना – पोखराको सेतीजस्तो
    ५. अनिल अधिकारी – अब त चाहियो काठमाडौंमा घर

    सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत संयोजक
    १. रमेश सेन्चुरी – लै बरिलै
    २. सुदिप सागर – जमाना अनुसार
    ३. कृष्ण केसी – कोरी बाटेकी डोरी बाटेकी
    ४. झलक संगीतम् – घर झगडा १२३
    ५. विश्वास नेपाल – रुपै झलल

    सर्वोत्कृष्ट तीज गीत नवप्रतिभा
    १. गंगा लामिछाने – सुनका चुराले
    २. कविता अर्याल – बजै बुहारी
    ३. गरिमा राम्जाली – दुःख बिक्दैन खुशी टिक्दैन
    ४. मदन केसी – टिकुली खै
    ५. सुनिल वि.क. – अरेली काँडैले

    सर्वोत्कृष्ट तीज दोहोरी गीत शब्द
    १. वीरेन्द्र ढकाल – मेरी मायालाई
    २. विक्रमबाबु विश्वकर्मा – मायाको केशै फिरीफिरी
    ३. सुजन बराइली – लै बरिलै
    ४. रेम गुरुङ – हाइ मेरो राजा
    ५. प्रकाश पराजुली – रुपै झलल

    सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत
    १. रोशन परियार – मै राम्रो छैन के रे
    २. जानकी पन्थ – अब त चाहियो काठमाडौंमा घर
    ३. विक्रम बाबु विश्वकर्मा – मायाको केशै फिरीफिरी
    ४. प्रकाश कटवाल – तीजै आयो स्वामी राजा
    ५. बालकुमार श्रेष्ठ – पोखराको सेतीजस्तो

    सर्वोत्कृष्ट तीज दोहोरी गीत गायक
    १. खेम सेन्चुरी – कमाउने नि हो रमाउने नि हो
    २. सुजन बराइली – लै बरिलै
    ३. सन्दिप न्यौपाने – जोवन ढलढल
    ४. सचिन भट्टराई – सुनका चुराले
    ५. सुमन परियार – टिकटक भाइरल

    सर्वोत्कृष्ट तीज दोहोरी गीत गायिका
    १. सुनिता बुढा क्षेत्री – कमाउने नि हो रमाउने नि हो
    २. सलिना नेपाली – रुपै झलल
    ३. राधिका हमाल – को राम्रो नाच्ने
    ४. सबिता परियार – गाजले
    ५. पूजा क्षेत्री – हाइ मेरो गुन्टुरी

    सर्वोत्कृष्ट तीज दोहोरी गीत
    १. कमाउने नि हो रमाउने नी हो – खेम सेन्चुरी र सुनिता बुढा क्षेत्री
    २. मनै त हो हाम्रो पनि – अनिता चलाउने र खेम सेन्चुरी
    ३. आफ्नै घर आँगनमा – डेबिट शंकर र भावना आचार्य
    ४. झुक्याउन पाइँदैन – पशुपति शर्मा र निशा केसी
    ५. नक्कले भिनाजु – विशाल रायमाझी, हरिमाया रायमाझी र शर्मिला रायमाझी

    सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल महिला
    १. जुना गुरुङ – एकलै
    २. अस्मिता राना – माइती घरको
    ३. अनिता गिरी – नाच घुमेर
    ४. उषा उप्रेती – मन्दिरमा गजुर
    ५. सारिका केसी – हेरत साइली ऐनामा

    सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल पुरुष
    १. रिहान शंकर – आँखै तिरमिरी
    २. ओबी रायमाझी – हरहर महादेव
    ३. निक्स शर्मा – के गरेको राम्रो
    ४. विजय पुन – गोप्य कुरा
    ५. राज सुवेदी – टिकुली खै

    सर्वोत्कृष्ट तीज गीत भिडियो संयुक्त मोडल
    १. बिना राउत र आभा थापा – घन्किसक्यो मादलु
    २. लक्ष्मी गुरुङ र इशा गुरुङ – माइतीबिनाको चेली
    ३. पूर्णिमा रिमाल र अनुपा विष्ट – तीजको सम्झना
    ४. टीका जैसी र रुबिना अधिकारी – माइती हरायो
    ५. रेखा लिम्बु र बिना सेवा – छोरीको जिन्दगी दुई तिर

    सर्वोत्कृष्ट तीज गीत भिडियो श्रृंगार
    १. विमला तामाङ – कमाउने नि हो रमाउने नि हो
    २. प्रिया रोका – मनै त हो हाम्रो पनि
    ३. अनिमेश गुरुङ – घन्किसक्यो मादलु
    ४. सरिता प्रजापति – तिजको सम्झना
    ५. सरिता मगर – माइती घरको

    सर्वोत्कृष्ट तीज गीत भिडियो छायाँकार
    १. करण चैंसिर – हान पातली सुन्तली
    २. दुर्गा पौडेल – तिज चाड नारीको
    ३. राजेश घिमिरे – लाउँदिन फरिया
    ४. नवराज उप्रेती – सुनका चुराले
    ५. वीरेन्द्र परियार – आमाबिनाको तीज

    सर्वोत्कृष्ट तीज गीत भिडियो सम्पादक
    १. विष्णु खड्का – अब त चाहियो काठमाडौंमा घर
    २. मनोज कार्की – हान पातली सुन्तली
    ३. मिलन विश्वकर्मा – अरेली काँडैले
    ४. प्रविन भट्ट – पियारी
    ५. विष्णु शर्मा – अरिकैको दासी बरिलै

    सर्वोत्कृष्ट तीज गीत भिडियो कोरियोग्राफर
    १. याम गुरुङ – स्यानी माया–२
    २. आशिष गुरुङ – तिजै रमाइलो
    ३. काजिश श्रेष्ठ – चरी भरर
    ४. प्रशान्त मगर – माइतीबिनाको चेली
    ५. मौसम हिमाली – हाइ मेरो गुन्टुरी

    सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक
    १. देवेन्द्र पाण्डे – आफ्नै घर आँगनमा
    २. दिप गुरुङ – तिजै रमाइलो
    ३. स्मृति तिमिल्सिना (गुरुआमा) – हान पातली सुन्तली
    ४. जीबी आग्री – स्वामीज्यू
    ५. शंकर बिसी – कमाउने नि हो रमाउने नि हो

    सर्वोत्कृष्ट मौलिक तीज गीत संयुक्त गायन
    १. भीमकला गुरुङ, टीका गुरुङ र कुसुमकला गुरुङ – माइतीबिनाको चेली
    २. टीका सानु र आश्मा बन्जाडे – आमाबिनाको तीज
    ३. अन्जु श्रेष्ठ र बिना भट्टराई – तीजको लहर
    ४. सहिमा श्रेष्ठ र वसन्ता प्रकृति – पाउँजु बजाउँदै
    ५. प्रतिमा अर्याल र मीना रायमाझी – बाटुली चमेली

    सर्वोत्कृष्ट मौलिक तीज गीत मिक्सिङ
    १. खडक बाजुराली – मन्दिरमा गजुर
    २. बालापनको तीज – प्रकाश खरेल
    ३. मनोज परियार – शिव मेरो बोस
    ४. श्यामश्वेत रसाइली – अरेली काँडैले
    ५. कृष्ण पुन – तीजै आयो लैबरिलै

    सर्वोत्कृष्ट मौलिक तीज गीत संगीत संयोजन
    १. झलक संगीतम् – बैशालु उमेर
    २. खेमराज गौतम – अरिकैको दासी बरिलै
    ३. विपिन आचार्य – स्वामीज्यू
    ४.जुजु गुरुङ – माइतीबिनाको चेली
    ५. नरेन्द्र वियोगी – छोरीको जिन्दगी दुई तिर

    सर्वोत्कृष्ट तीज गीत मौलिक शब्द
    १. धर्मराज गिरी – बैशालु उमेर
    २. वसन्त योगी – कल्ले खायो दर
    ३. लोकराज अधिकारी – तीजै आयो लैबरिलै
    ४. कविता अर्याल – बजै बुहारी
    ५. कस्तुप पन्त – मन्दिरमा गजुर

    सर्वोत्कृष्ट तीज गीत मौलिक संगीत
    १. यज्ञराज गिरी – मनमुटु खाने भो
    २. सुमित्रा कोइराला – घन्किसक्यो मादलु
    ३. दिपकराज विश्वकर्मा – परदेशमै तीज
    ४. दिपक शर्मा – छोरीको जिन्दगी दुई तिर
    ५. गोविन्द मधुर आचार्य – तीजै आयो लैबरिलै

    सर्वोत्कृष्ट तीज गीत मौलिक गायिका
    १. रचना रिमाल – तिजको सम्झना
    २. एलिना चौहान – कल्ले देख्यो र
    ३. सुमित्रा कोइराला – घन्किसक्यो मादलु
    ४. रुचि घिमिरे – स्वामीज्यू
    ५. बबिना भट्टराई – बालापनको तीज

    सर्वोत्कृष्ट मौलिक तीज गीत
    १. पियारी – सुनिता दुलाल
    २. यो तीजमा नजाने माइत – मन्जु थापा
    ३. कल्ले देख्यो र – एलिना चौहान
    ४. माइती घरको – जुना श्रीष
    ५. अरेली काँडैले – शान्तिश्री परियार

    सर्वोत्कृष्ट डायस्पोरा गीत
    १. लाउँदिन फरिया -निर्मला भण्डारी
    २. भदौरे झरी – गणेश खड्का
    ३. गोप्य कुरा शान्ता जिसी
    ४. मै छोरी परदेशी – सुमी घिमिरे सापकोटा
    ५. आमाले भाग्य लेख्न मिल्नी भा – प्रेम सापकोटा सोनु

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु