काठमाडौं । मोडलिङ तथा गायन क्षेत्रमा बराबर रुचि राख्ने गायिका हुन् स्मृती पोखरेल । जसले आफुले गाएको गीतमा प्राय आफैले अभिनय गर्ने गर्छिन।
लामो समयदेखि अष्ट्रेलियामा रहँदै आएकी स्मृतीको यतिबेला आकर्षक तस्बिरहरु सेयर भएका छन् । ह्यासट्याग भ्याकेसन मुड #vacationmode भन्दै उनी आफैंले तस्बिरहरु सेयर गरेकी हुन् ।
स्मृतीलाई नेपाली सांगीतिक क्षेत्रमा हट गायिकाको रुपमा चिनिन्छ । यसअघि पनि बिकिनी अवतारमा सार्वजनिक हुँदा उनको चर्चा पनि निकै भएको थियो ।
बेकाबु, तिम्रो र मेरो कहानी, मेरो जवानी, मेरो माया मलाई फर्काइदेउ, ए मेरो काले लगायतका थुप्रै गीतहरुमा अभिनय र आवाज दिएकी स्मृती मिसेस ब्युटीफुल २०१९ की बिजेता पनि हुन् ।