स्मृतीको बिकिनी अवतार

म्यूजिक खबर
प्रकाशित: २६ कार्तिक २०७६, मंगलवार

काठमाडौं । मोडलिङ तथा गायन क्षेत्रमा बराबर रुचि राख्ने गायिका हुन् स्मृती पोखरेल । जसले आफुले गाएको गीतमा प्राय आफैले अभिनय गर्ने गर्छिन।
लामो समयदेखि अष्ट्रेलियामा रहँदै आएकी स्मृतीको यतिबेला बिकिनी अवतारमा सार्वजनिक भएकी छिन् । उनी आफैंले विकिनी अवतारका पोष्टहरु सार्वजनिक सञ्जाल फेसबुकमा शेयर गरेकी हुन् । तस्बिरहरु सार्वजनिक भएसँगै उनको चर्चा पनि निकै भइरहेको छ ।

बेकाबु, तिम्रो र मेरो कहानी, मेरो जवानी, मेरो माया मलाई फर्काइदेउ, ए मेरो काले लगायतका थुप्रै गीतहरुमा अभिनय र आवाज दिएकी स्मृती मिसेस ब्युटीफुल २०१९ की बिजेता पनि हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु