आईआईएफटीको ‘ड्रेस टु इम्प्रेस–४’ मा चार जनालाई उपाधि

म्यूजिक खबर
प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार
iift fashion school

काठमाडौं । डिजाइनरहरुको प्रतिस्पर्धामत्क र्याम्प शो ‘ड्रेस टु इम्प्रेस’ मा यसपटक चार जनाले उपाधि पाएका छन् । शनिबार काठमाडौंमा सम्पन्न ‘ड्रेस टु इम्प्रेस’को चौंथो संस्करणमा विभिन्न चार विधामा उपाधि प्रदान गरिएको हो ।

इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नालोजी (आईआईएफटी)द्वारा आयोजित उक्त डिजाइनर कन्टेस्टमा इन्जु तामाङले ट्रिब्युट टु भर्जिन एब्लोभ, सुनिता खड्काले डेनिम थिम, बबिता पाण्डेले हिस्टोरिकल क्वीन र अमृता गिरिले माउन्टेनियरिङ उपाधि पाएका छन् ।

विजेता बनेका चारै जनाले आईआईएफटीको तर्फबाट नगद १५ हजार प्राप्त गरेका छन् भने युएफओको तर्फबाट १० हजार बराबरको सपिङ भौचर र कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बज्र ननिताज फिटनेश क्लवको तर्फबाट ३५ हजार बराबरको प्याकेज पाएका छन् ।
यस चौंथो संस्रकणमा आईआईएफटीमा फेसनमा डिप्लोमा कोर्ष पूरा गरेका १४४ जना डिजाइनहरुले सहभागी जनाएका थिए । तिनीहरुमध्येबाट चार जनाले उपाधि जितेका हुन् ।

‘ड्रेस टु इम्प्रेस’ सिजन चारका लागि हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, फेसन डिजाइनर निभा श्रेष्ठ, फेसन कोरियोग्राफर प्राशान्त ताम्राकार, फेसन डिजाइनर युबी थापा बुटिक एशोसिएशनका अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ र महेश महर्जन निर्णायक मण्डल रहेक थिए ।
पछिल्लो समय फेसन डिजाइनर बन्न चाहनेका लागि ‘आईआईएफटी ‘हब’ बन्दै गएको छ । त्यसैले पनि प्रत्येक सिजनमा कन्टेस्टहरुको पनि सहभागी बढ्दै गएको हो ।

काठमाडौंको बागबजार र ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले आफ्नो कलेजका विद्यार्थीहरुका लागि चार वर्षअघि ‘ड्रेस टु इम्प्रेस’ सुरु गरेको आईआईएफटीका प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाले बताए ।

यसअघि ‘ड्रेस टु इम्प्रेस’मा तीन जनाले उपाधि जितिसकेका थिए । सिजन–१ मा सोनी श्रेष्ठ, सिजन–२ मा महेश्वरीनाथ योगी र ३ मा क्युटी शाक्यले उत्कृष्ट डिजाइनरको उपाधि जितेका थिए । तर, यसपाली ‘थिम’को आधारमा पुरस्कृत गरिएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठाको प्रेक्षालयमा सम्पन्न कार्यक्रमको आतिथ्य नेपाली कांग्रेसमा सांसद एवं पूर्वमन्त्री भिमसेनदास प्रधानले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु