• आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सिधै आइएमई पे वालेटमा प्राप्तगर्ने सम्झौता

    म्यूजिक खबर
    प्रकाशित: १ चैत्र २०७९, बुधबार

    काठमाडौँ । आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अन्तर्गत विदेशबाट नेपाल रेमिट मार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट प्राप्त गर्न सक्नुहुन्छ ।

    विदेशमा रहनुभएका व्यक्तिले आफुलाई सहज पर्ने नेपाल रेमिटको साझेदार मार्फत नेपालमा रहनुभएको मित्रजन तथा परिवारलाई पठाउनुभएको रकम सजिलैसँग आइएमई पेमा प्राप्त गर्न सक्नुहुन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु