गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद केडिया बिच फिल्मी शैलीमा ‘इन्गेज्मेन्ट’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार

काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले सामाजिक सञ्जालमार्फत आफ्नो प्रेमी सार्वजनिक गर्दै ‘इन्गेज्मेन्ट’ समेत भएको जनाउ दिएकी छिन् ।

इन्दिराले हेलिकप्टरमा सगरमाथा हिमाली क्षेत्र पाङबोचे पुगेर फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्।

इन्गेजमेन्टपछि इन्दिराले आफूलाई शरदले औठि लगाइदिएको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्। उसले सोध्यो ‘तिमी मसँग विहे गर्छौ ? मैले भने ,’यस’ उनले फेसबुकमा स्ट्याटस सहित फोटो शेयर गर्दै लेखेकी छन् ‘आई लभ यु शरद ।’

इन्दिराले गत वर्ष पनि आफ्नो हातमा लगाएको औंठीको फोटो सेयर गर्दै क्याप्सनमा लेखेकी थिइन्, ‘२ वर्षको साथ र आउँदो जीवनका समयको निरन्तरता अन्तिम श्वाससम्म हामी सँगै हुनेछौं।’

त्यसबेला गायिका इन्दिराले फेसबुकमा आफू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलाए पनि प्रेमीको अनुहार सार्वजनिक गरेकी थिइनन्।

त्यसले नेपाल आइडलकी निर्णायकसमेत बनिसकेकी ईन्दिराका फ्यान र शुभचिन्तकहरुको खुल्दुली बढाएको थियो।

अब त्यो खुल्दुलीको समय सकिएको छ। गायिका ईन्दिरा र फेसन डिजाइनर शरद केडियाबीच ‘इन्गेजमेन्ट’ भएको छ।

क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा ​शरदले इन्दिरालाई औ‌ठी लगाउँदै गरेको भिडियो सार्वजनिक गरेका छन्।

सार्वजनिक भिडिओमा कुनै फिल्मको दृश्यजस्तै लाग्ने गरी शरदले इन्दिरालाई औठी लगाउँदै गरेको देख्न सकिन्छ।

टिकटकमा भिडिओ राख्दै इन्दिरा र शरदलाई नयाँ उज्वल भविष्यको कामना दिएका छन्।

https://v16-web.tiktok.com/video/tos/useast2a/tos-useast2a-pve-0037c001-aiso/c4e4ed23787c42f0adb94f89fb6c5405/?a=1988&br=6078&bt=3039&cd=0%7C0%7C1&ch=0&cr=0&cs=0&cv=1&dr=0&ds=3&er=&expire=1632486648&ft=9wMeReYO4kag3&l=202109240630310102440770541803C822&lr=tiktok_m&mime_type=video_mp4&net=0&pl=0&policy=3&qs=0&rc=MzRob2Q6Zmo7ODMzZjczM0ApO2RoaGk1O2U7NzY0ZzlkaWc0bzRlcjQwMjNgLS1kMWNzc2AwLTZjNWE2Y2BfLzReL2M6Yw%3D%3D&signature=f1ce12e8d4a153302f4baee4f7abc7a7&tk=0&vl=&vr=

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु