• भदौं २५ मा औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड

    म्यूजिक खवर
    प्रकाशित: ६ श्रावण २०७६, सोमबार

    काठमाडौं । ‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६’ यहि आउँदो भदौ २५ गते राष्ट्रिय नाचघर जमलमा हुने भएको छ । उक्त अवार्डको लागि श्रावन महिना भरि आबेदन फारम खुल्ला रहेको छ भने भदौको दोश्रो हप्ता भित्र टप ५ मनोनयन सार्बजनिक गरिने जानकारी आयोजक सस्थाका अधक्ष्य सन्दिप महतले जानकारी गराएका छन् ।

    बिगत लामो समय देखि नेपालको विभिन्न जिल्लाहरुमा औद्योगिक ब्यापार मेला महोत्सब तथा सांगीतिक कार्यक्रम आयोजना गरि सयौ कलाकारहरुलाई स्टेज प्रदान आएको सस्था औद्योगिक शान्ति नेपाल सस्थाले सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि तथा सांगीतिक व्यक्तित्वहरुलाई सम्मान गर्नका लागि म्युजिकका विभिन्न विधा तर्फ ‘औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६’ गर्ने भएको हो ।

    म्युजिक अवार्ड आबेदनको लागि दर्ता फारम खुल्ला रहेको छ । जसका लागि २०७५ बैसाख देखि २०७५ चैत अन्तिम सम्मका गीत संगीत समाबेश गरिने भएको छ भने नब प्रतिभाको हकमा २०७५ भित्र गीत निकालेको हुनु पर्नेछ । सन्दिप महतको अध्यक्षतामा हुने यस अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुर्य चन्द रहेका छन् । उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक पुरुष, महिला, राष्ट्रिय गीत, पप, आधुनिक प्लेब्याक सिंगर गायक र गायिका, भाषा भाषिका गीत म्युजिक भिडियो, एल्बम लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ  ।

    औद्योगिक शान्ति नेपाल सस्था कला सास्कृतिक कार्यक्रम, ब्यापार मेला महोत्सवको लागि एक चिरपरिचित संस्था हो । देशभरका विभिन्न जिल्लामा गएर हजारौ बेरोजगार नागरिक, साना ठुला ब्यापारी, कलाकारदेखि स्थानिय बासिन्दा सम्मलाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्दै राष्ट्रिय तथा स्थानिय उत्पादनहरुलाई प्रोत्साहन गर्दै उचित बजार ब्यवस्थापन गर्दै आएको औद्योगिक शान्ति नेपाल सस्था एक युवाहरुको सस्थागत समूह हो । यस सस्थामा अध्यक्ष सन्दिप महत, उपाधक्ष्य राज कुमार खड्का, महासचिव शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल, मिडिया तथा कलाकार संयोजक सूर्य चन्द तथा सचिवालय ब्यवस्थापक बिनोद जैसवाल, कार्यालय सचिव बिमल सुर्खेती रहेका छन् । स्थानिय धार्मिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रलाई समेत प्रबर्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटनलाइ समेत बृदी गर्दै सस्थामा आबद्द युवाहरु गायक, गायिका, हास्य कलाकार, तथा अन्यकलाकारका समेत प्रिय बनेका छन् । सांस्कृतिक मेला महोत्सवले गर्दा कलाकारहरुले समेत रोजगारी पाउँदै आएका छन् ।

    विभिन्न महोत्सव तथा सास्कृतिक कार्यक्रम गर्दै आएको संस्था औद्योगिक शान्ति नेपाल संस्थाले सांगीतिक क्षेत्रको बृहत्तर हितको लागि तथा सांगीतिक क्षेत्रमा समर्पित भएका व्यक्तित्वहरुको लागि सम्मान तथा अवसरको लागि औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६ गर्न लागेको हो ।
    अवार्डमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । यसका साथै समाजका विभिन्न प्रतिष्ठित व्यक्तिलाइ सम्मान समेत प्रदान गरिने भएको छ ।

    औद्योगिक शान्ति नेपाल संस्थामा आबद्द रहेर ब्यापार ब्यबसाय गर्दै आएका पाँच उत्कृष्ट व्यापारीलाई समेत अवार्ड प्रदान गरिने कुरा सस्थाका उपाधक्ष्य राज कुमार खड्काले जानकारी गराएका छन् ।

    औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६ को लागि आबेदन फर्म भर्न चाहने इच्छुक गायक गायिकाले क्रियटिभ इन्साइट मिडियाको कार्यालय बागबजारमा सम्पर्क गरेर आबेदन फर्म भर्न सक्नेछन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु