• अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा ‘वेलकम टु हेम्जाकोट’ लाई उत्कृष्ट

    म्यूजिक खबर
    प्रकाशित: १ पुष २०७९, शुक्रबार
    Hemjakot Movie

    काठमाडौं । काठमाडौंमा आयोजित चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा नेपाली फिल्म ‘वेलकम टु हेम्जाकोट’ ले उत्कृष्ट नेपाली फिल्मको अवार्ड जितेको छ । महोत्सवमा आफूले निर्देशन गरेको पहिलो फिल्मले नै उत्कृष्ट फिल्मको अवार्ड जितेछि निर्देशक सरोज पौडेलले सामाजिक सञ्जालमार्फत खुशी साटेका छन् ।

    ‘म त सिक्दै छु, राम्रो लेखक अनि निर्देशक बन्न । तर मेरो लेखन तथा निर्देशन रहेको नेपाली चलचित्र हेम्जाकोटले नेपाल कल्चरल ईन्टरनेशनल फिल्म फेस्टिभला मा बेस्ट नेपाली फिचर फिल्मको उपाधि जितेको खबर सुनाउन पाउँदा वास्तव मै खुसी छु’ निर्देशक पौडेलले भने – यो हौसलाले आफूलाई आफ्नो काममा अझै मेहनत गर्न, अगाडि बढ्न हौस्याएको छ ।

    तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा ३४ देशका विभिन्न विधाका ७२ अन्तराष्ट्रिय फिल्म तथा नेपालका ३४ फिल्महरु सहभागि भएका थिए । महोत्सवको समापन समारोहको उद्घाटन काठमाडौं ३ बाट नवनिर्वाचित संघीय सांसद सन्तोष चालिसेले गरेका थिए । फिल्म क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको कार्यक्रम नेपाल कल्चर एण्ड फिल्म सेन्टरका अध्यक्ष सन्तोष सुवेदीको सभापतित्वमा भएको थियो । नेपाल चलचित्र विकास बोर्डको हलमा आयोजित समापन समारोहमा विभिन्न विधामा उत्कृष्ठ भएका राष्ट्रिय अन्तराष्ट्रिय फिल्महरुलाई अवार्ड प्रदान गरिएको थियो ।

    फिल्ममा विनोद न्यौपाने, बुद्धि तामाङ, शारदा गिरी, अम्बिका तामाङ, सुजैरा कार्की, अस्मिता पन्त, बिशाल पहाडी, रबि गिरी, सन्दिप सिग्देल र स्वर्गिय जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ । तेजप्रसाद दाहालको प्रस्तुतिमा सुमन खड्का कार्यकारी निर्माता रहेको फिल्ममा जितेन्द्र गिरी निर्माताको रुपमा छन् ।

    क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रवीण राई, रिता परियार, रमेश चापागाँई, सुदीप पोखरेल, सुनील पोखरेल, महेश प्रसाईँ, आइतराम तामाङ, सशांक खड्का, गोपाल सानु र युवराज कट्वाल सहनिर्माता रहेका छन् । दीर्घ गुरुङले खिचेको फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु