बिर्तामोडमा ‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ हुने !

म्यूजिक खबर
प्रकाशित: २२ पुष २०७५, आईतवार

झापा । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने भएको छ । आगामी माघ ११ देखि २३ गते सम्म हुने महोत्सवमा नेपालसहित भारत, पाकिस्तान र बंगलादेशका व्यापारी, लगानीकर्ता, उत्पादक, वितरक र निर्यातकर्ताको सहभागिता रहनेछ ।

आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी तिव्र पारिएको जनाएको छ । महोत्सवमा जुम्लाको मार्सी चामलदेखि पाकिस्तानको लेदर पोडक्टसम्मको प्रदर्शनी रहने बताइएको छ । महोत्सवमा अटोमोवाईल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आईटी, निर्माण सामाग्री, अन्र्तराष्ट्रिय, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य वस्तु, हस्तकला तथा तयारी पोशाक र जुत्ताचप्पलका २ सय स्टल रहने महोत्सव संयोजक प्रकाश शिवाकोटीले बताए ।

१ करोड ५ लाख लागत अनुमान गरिएको महोत्सवमा २० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । २ लाख मानिसले अवलोकन गर्ने लक्ष्य लिएको महोत्सवमा चीन र थाइल्याण्डका व्यापारीलाई समेत सहभागिता गराउने विषयमा छलफल भइरहेको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए ।

 

स्थानीय क्षेत्रको व्यापार र पर्यटनको प्रवद्र्धनमा टेवा पुग्ने उद्धेश्यले आयोजना गरिएको महोत्सवमा व्यापार प्रवद्र्धनका लागि विभिन्न विषयमा सेमीनार तथा अन्र्तरक्रियाका कार्यक्रम समेत तय गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

 

 

‘डिजाइनर अफ द इयर’ हुने !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु