बलिउडको चर्चित म्युुजिक कम्पनीले सम्राट चौलागाईको ‘इस’ गीतलाई हिन्दी भर्सनमा निकाल्दै

म्यूजिक खबर
प्रकाशित: २७ माघ २०७७, मंगलवार
Ish

काठमाडौ । केहि दिन अगाडी मात्र रिलिज भएको ‘इस’ बोलको गीत बलिउडको चर्चित म्युुजिक कम्पनीले हिन्दी भर्सनमा निकाल्ने भएको छ । यस गीतका गायक, संगीतकार तथा गीतकार रहेका सम्राट चौलागाईले इन्डियाको चर्चित म्युजिक कम्पनीले आफ्नो गीत हिन्दी भर्सनमा निकाल्ने कुरा बताएका हन् । सो म्युजिक कम्पनीको नाम केहि दिनमा सार्वजनिक गर्नेपनि सम्राटले बताए ।

हिन्दी भर्सनमा बन्न लागेको गीतमा सम्राटकै स्वर रहनेछ, तर फिमेल स्वरमा भने बलिउडकै चर्चित गायिकाले गाउने कुरा सम्राटले बताए । त्यस्तै यस गीतको कलाकारहरुमा नेपालको चर्चित अभिनेता रहनेछन्, भने केटि मोडलमा बलिउडकै चर्चित अभिनेत्री रहनेछन् । हिन्दी भर्सनमा बन्न लागेको गीतको टिम नेपाल प्राय सबै बलिउडबाटै हुनेछ । बलिउडबाट हुने गायिका, अभिनेत्री र म्युजिक कम्पनीको नाम केही दिनपछि सार्वजनिक गर्ने सम्राटले बताए ।

यस विषयमा कुरा गर्दैै सम्राटले भने बलिउडको चर्चित कम्पनीले हाम्रो नेपाली गीत हिन्दी भर्सनमा निकाल्ने प्रस्तावले धेरै खुुसि लागेको छ । हाम्रो सहकार्यले नेपाली म्युुजिक क्षेत्रलाई बलिउडसंग जोड्ने काम हाम्रो टिमले गरेकोमा अझ धेरै खुुसि छु ।

‘इस’ बोलको गीतलाई सम्राटसंगै रचना रिमालले गाएकी थिइन् । अभिनेता पल शाह, गीता ढुङ्गाना, केदार घिमिरे, दिपाश्री निरौला लगायत कलाकारहरु फिचर्ड भएको गीत केही हप्ता अगाडि मात्रै बलिउडका बहुचर्चित गायक कैलाख खेरको कैलाश स्टुडियो मुम्बईमा गीत रेकर्ड गरिएको थियो ।

४ दिन अगाडी मात्रै यस गीतको म्युुजिक भिडियो रिलिज भएको थियो । दर्शकहरुले गीत रुचाएका कारण पनि बलिउडको म्युुजिक कम्पनीले हिन्दी निकाल्न लागेको हो । ‘इस’ बोलको गीत युुट्युुव र टिकटमा हिट चर्चा कमाइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु