• ‘पर्खाइमा’ रहेका ईश्वर ढकाल र आँसु लामा

    म्यूजिक खबर
    प्रकाशित: ९ भाद्र २०७७, मंगलवार

    काठमाडौं । संचार क्षेत्रमा समर्पित हुँदै आएका गीतकार ईश्वर ढकाल र गायक आँसु लामा यतिखेर कसैको पर्खाइमा देखिएका छन् । संचार क्षेत्रमा आफूलाई क्रियाशील गराउँदै जाँदा ढकालले भोगेका अनुभवहरुलाई गीतमार्फत व्यक्त गरेका छन् । त्यस्तै ६० कै दशकमा आफूलाई गायनमा स्थापित गरेका गायक आँसु लामाको स्वरमा यो गीत सार्वजनिक भएको छ । गीतको संगीत र संगीत संयोजन पनि आँसु लामाले नै गरेका छन् । ‘पर्खाइमा’ यतिबेला युट्यूब मार्फत सार्वजनिक भएको छ ।

    सुरसंगीत डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई संन्तोष पौडेलले मिक्सिङ गरेका हुन् । उक्त गीतलाई संचारकर्मी ढकालले आफ्नै युट्यूव च्यानल युवा क्याफे मार्फत सार्नजनिक गरेका छन् ।

    गोरखामा जनिम्एका गीतकार ढकालको ‘हाम्रो सौरपानी’, ‘न्याउली रोयो’, ‘पर्खाइ’ लगायत आधा दर्जन गीत रेकर्ड भैसकेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु