ईश्वरको संगीत र निर्देशनमा म्युजिक भिडियो ‘दशैंको टिका’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०८२, मंगलवार २१:०६

काठमाडौं । वडा दशैं २०८२ हाम्रो घर आँगनमा भित्रिसकेको छ । यतिबेला सार्वजनिक हुने अधिकांश गीतमा दशैंको सन्दर्भ जोडिएको पाइन्छ । यहि क्रममा चलचित्र निर्माता तथा अभिनेता ईश्वर थापाले पनि नयाँ दशैं गीत सार्वजनिक गरेका छन् । ‘दशैंको टिका’ बोलको सार्वजनिक गीतमा ईश्वर थापाले संगीत तथा संगीत संयोजन गरेका हुन् । सुदीप पाण्डेको शब्द, एडवर्ड थापाको स्वर रहेको यस गीतमा मिक्सिङ समेत इश्वरले नै गरेका हुन् ।
गीतको भिडियो ईश्वरकै निर्देशनमा तयार भएको हो । भिडियोमा विष्णु ढकाल, लक्ष्मी ढकाल, दुर्गा दाहाल, अर्जुन सापकोटा, सुदीप पाण्डे, ईश्वर थापा लगायतको अभिनय रहेको छ ।
क्यानाडाको विन्ड्जरमा छायांकन गरिएको दशैैंको माहोलमा परिवारजनको भेटघारलाई भिडियोमा कैद गरिएको छ । भिडियोलाई ईश्वर थापा अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

ईश्वर प्रवासी भुमी क्यानडामा रहेर पनि नेपाली कला क्षेत्रका लागि योगदान पु¥याउँदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु