लकडाउन पछिको पहिलो चलचित्रको गीत ‘हलाल’ ले चर्चा कमाउँदै

म्यूजिक खबर
प्रकाशित: २२ पुष २०७७, बुधबार

काठमाडौं । लकडाउन पछि नेपालमा पहिलो चलचित्र प्रदर्शनमा आउँन लागेको छ । अग्रज अभिनेता शिव श्रेष्ठले निर्माण गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ आगामी माघ १ गते देशभर प्रदर्शन हुन लागेको हो ।
केहि दिन अघि चलचित्रको ‘हलाल’ बोलको आइटम गीत सार्वजनिक गरिएको थियो । उक्त गीतले यतिबेला निकै चर्चा कमाउन सफल भएको छ । गायिका मिना निरौलाको स्वर, बि. बि.थापाको शब्द र सन्तोष रजौरेको संगीत रहेको छ । गीतको एरेन्ज भने योगेश काजीले गरेका हुन् । गीतको भिडियोमा अभिनेत्री सुष्मा कार्कीको नृत्य देख्न सकिन्छ ।
दर्शक श्रोताले गीतलाई निकै मन पराएको प्रतिक्रिया दिएका छन् । सुष्माको अदा र नृत्यलाई प्रशंसा गरिएको छ ।

अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस फिल्ममा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेम्जोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको छ । शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले यसै फिल्मबाट डेब्यु गर्न लागेका हुन् ।

फिस्टेल मुभिजको ब्यानरमा बनेको फिल्मलाई यशाेदा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सह-निर्माताहरु हुन् । केहि दिनमा नै फिल्मको प्रदर्शन मिति तोकिने निर्देशक सापकोटाले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु