• डा. कोइरालाको निर्देशनमा ‘जादु छ कि’ सार्वजनिक, भिडियोमा शितल र कृष्ण

    म्यूजिक खबर
    प्रकाशित: २४ चैत्र २०८०, शनिबार

    काठमाडौं । डा.आरसी कोइराला ‘रामचन्द्र’ को शब्द तथा निर्देशनमा ‘जादु छ कि त्यो नजरमा’ बोलको गीत सार्वजनिक भएको छ ।

    ग्रीसको विभिन्न ठाउँमा छायाङ्कन गरिएको यस गीतमा कलाकार तथा मोडेल सीतल आचार्य र कलाकार कृष्ण रेउलेको अभिनय रहेको छ । गायक हेमन्त शर्माको सुमधुर आवाज रहेको गीतमा बिबी अनुरागीको संगीत रहेको छ ।

    केही अन्तर्राष्ट्रिय म्युजिक भिडियोको समेत निर्देशन गरिसकेका डा.कोइरालाको यस म्युजिक भिडियोलाई आरएस फिल्मस् म्युजिक अफ नेपालीले डिजिटल बजारमा ल्याएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु