आयो अहिले सम्मकै सुपरहिट टप्पा (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २४ चैत्र २०७६, सोमबार

काठमाडौं । नेपाली लोकदोहोरी गीत संगीतमा टप्पा गीतको आफनै किसिमको महत्व रहदै आएको छ । गायिका जमुना आचार्य र गोकर्ण राना मगरको आवाजमा रहेको ‘ए कान्छा’ गीतको भिडियो युटुवमा सार्वजनिक भए सँगै चर्चाको शिखरमा रहेको छ । मौलिक लोक लय र सामाजिक विषयवस्तुलाई समेटेर गीत तयार गरिएको गायिका जमुना आचार्यले बताइन । मायालु प्रेमी प्रेमीकाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । जमुना आचार्यको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । धन कमाउने सपना बोकेर परदेश जाने परदेशीको जिवन भोगाईलाई गीतमा समेटिएको छ ।

बहुमुखी प्रतिभाकी धनी रुपा थापा अधिकारी विगतमा नेपाली मौलिक गीत संगीतमा नृत्य निर्देशक को रुपमा साथै सर्वोकृष्ट महिला गिटारिष्टको रुपमा परिचित हुन । उनले आफुमा भएको प्रतिभालाई ए कान्छा गीत मार्फत ब्यक्त गरेको बताइन । प्रतिक बहादुर श्रेष्ठको छायाँकन, दिनेश मुस्कानको सम्पादन तथा रुपा थापा अधिकारीको निर्देशन तथा कोरियाग्राफी भिडियोमा रहेको छ । ‘ए कान्छा’ गीतको भिडियोमा रुपा थापा अधिकारी र कमल खनालको अभिनय तथा नृत्य रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु