गीतकार जूनको शब्द र आचार्यको संगीतमा राजेश र मेलिनाले गाए चलचित्रको गीत

म्यूजिक खबर
प्रकाशित: १९ फाल्गुन २०७७, बुधबार
rajesh payal rai1

काठमाडौं । गीतकार तथा समाजसेवी जानकी पन्त ‘जून’को शब्दमा नयाँ चलचित्रको गीत तयार भएको छ । जुन गीतलाई लोकप्रिय संगीतकार बिपिन आचार्यको संगीत र एरेन्ज रहेको छ । गीतमा चर्चित गायक राजेशपायल राई र मेलिना राईले स्वर दिएका छन् ।
यस गीतलाई अब बन्न लागेको नयाँ चलचित्रमा राख्ने तयारी भएको छ । नायक तथा निर्माता कुमुद पन्तको आगामी चलचित्रमा यस गीतलाई समावेश गर्न लागिएको संगीतकार आचार्यले जानकारी दिए । चलचित्रको नाम भने गोप्य राखिएको हुँदा गीत रेकर्डिङको कार्यमा लागिरहेको जानकारी आचार्यले दिए । एउटा एकदमै मीठो आइटम गीतको रेकर्डिङ भएको छ,जसको सुटिङ्ग युके मै हुनेछ, निर्माता पन्तले भने– छिट्टै नै चलचित्रलाई फ्लोरमा लैजाने तयारी भइरहेको छ ।’

लोकप्रिय संगीतकार बिपिन आचार्य आँफैमा एरेन्जर अनि एम बी म्युजिक रेकर्डिङ स्टुडियोका संचालक पनि हुन् । उनले चलचित्र ‘मेरो एउटा साथी छ’बाट चलचित्रमा संगीत यात्रा सुरु गरेका हुन् । यतिबेलासम्म उनले संगीत दिएका दर्जनौं चलचित्रले सफलता चुमिसकेका छन् भने टेली सिरियल, आधुनिक, लोक, भजन सबैखाले गीतमा संगीत भर्ने, संगीत संयोजनको कार्य गर्ने काममा पछिल्लो समय व्यस्त बनिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु