• लकडाउनमा जुर्मुराइन् जानकी

    म्यूजिक खबर
    प्रकाशित: १२ जेष्ठ २०७८, बुधबार
    janaki-tarami-magar

    काठमाडौं । मिठो गायन कलाले भरिपुर्ण गायिका जानकी तारमी मगरले अहिले आफ्नै शब्द संगीत र स्वर रहेको गीत लिएर आएकी छिन् । ‘एक्लो मैना’ बोलको उक्त गीत सार्वजनिक भएसँगै उनको शब्द, स्वर र संगीतको निकै चर्चा पनि भइरहेको छ ।

    मार्मिक शब्द, कर्णप्रिय स्वर र संगीत भएको भन्दै जानकीलाई शुभेच्छुक र साथीभाइले बधाई दिएका छन् । युट्युवमा अधिकांश कमेन्ट पनि उनको लेखन शैली र स्वर संगीतको गरिएको छ ।

    सार्वजनिक गीतमा विश्वास नेपालको एरेन्ज रहेको छ । मारुनी डिजिटल स्टुडियोमा रेकर्ड भएको गीतका रेकर्डिष्ट भने सुमन राना मगर हुन् । कुमार रानाले मिक्सिङ गरेका हुन् ।

    गीतको भिडियोमा पनि गायिका जानकी नै देखिएकी छिन् । राम्रो फिलिंग्समा जानकीको प्रस्तुति यो गीतमा देख्न सकिन्छ । भिडियोलाई करन चैसिरले छायाँकन गरेका हुन् । मौसम हिमालीले निर्देशन गरेको भिडियो जानकी तारमी मगर अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    गायनमा संक्रिय हँुदाहँुदै गीतकार र संगीतकार पनि बन्न पुगेकी जानकी भन्छिन् – मेरो गायन यात्राको शुरुवात नै आफ्नै शब्द संगीतबाट नै भएको थियो । शब्द कोर्ने बानी पहिलेदेखि नै थियो । संगीत पनि कहिलेकाहिं गर्ने प्रयास गर्छु ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु