आफ्नै शब्द संगीतमा गायिका जानकी तारमी मगरले ल्याइन् ‘धैया धैया’

म्यूजिक खबर
प्रकाशित: ११ श्रावण २०८२, शनिबार २३:४१

काठमाडौं । यतिबेला सांगीतिक बजार तीजमय बनेको छ । यहि क्रममा नयाँ छमछमी नाँच्ने तीज गीत ‘धैया धैया’ सार्वजनिक भएको छ । ‘जानकी तारमी मगर’ युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतमा गायिका जानकी तारमी मगरको स्वर रहेको छ । गीतको शब्द रचना र संगीत समेत गायिका जानकी स्ययंले गरेकी हुन् । गीतमा कोरस भोकल प्रिती आले र किरण श्रीपालको रहेको छ । एचबिएन किस्मतले गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

जेरी भण्डारीको निर्देशन र कोरियोग्राफीमा तयार भएको भिडियोमा अन्जली अधिकारी छमछमी नाचेकी छिन् । भिडियोमा गायिका जानकीलाई समेत देख्न सकिन्छ भने भगवान थापा अतिथी कलाकारको रुपमा प्रस्तुत भएका छन् । दुर्गा पौडेलको टिमले छायांकन गरेको भिडियोलाई नविन घर्ति मगरले कलरिङ गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु