जानकी र खेमको ‘छप्पै माया लै लै’

म्यूजिक खबर
प्रकाशित: ८ श्रावण २०७६, बुधबार

काठमाडौं– गायिका जानकी तारामी मगरले आफ्नो नयाँ तीज गीत ‘छप्पै माया लै लै’ सार्वजनिक गरेकी छिन्। पछिल्ला वर्षहरुमा निरन्तर तीज गीत बजारमा ल्याइरहेकी उनले मौलिक शब्द र लयमा उक्त गीत ल्याएकी हुन्।
उनका साथै खेम सेन्चुरीको शब्द, संगीत र स्वर रहेको गीतको म्युजिक भिडियो समेत बनेको छ। गीतमा सेन्चुरीका साथै उनी आफैंले नृत्य गरेकी छिन् । प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियोलाई राजेश घिमेरेले खिचेका हुन् भने सम्पादन विष्णु शर्माको रहेको छ। सनराइज म्युजिकले गीत बजारमा ल्याएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु