• Shanidhya Trophy
  • किशोरी बलात्कृत: पीडकले अपराध स्वीकारे तर उजुरी लिँदैन प्रहरी

    म्यूजिक खवर
    प्रकाशित: ३१ भाद्र २०७७, बुधबार

    दाजुभाइ मिलेर बलात्कार, एक वर्षपछि खुल्यो कुकर्मको पोल
    जनकपुरधाम : उनी १७ वर्षकी भइन्। हेर्दा लाग्दैन, कुनै समस्यामा परेकी छन्। तर उनको पीडा कुनै पहाड भन्दा सानो छैन। फिल्मको कथामा जस्तै उनीसँग घोर अन्याय भएको छ। जनकपुरदेखि करिब १८ किलोमिटरको दूरीमा पर्छ धनुषाधामको सरसा गाउँ। यही एउटा फुसको घरमा बस्छिन् उनी। घरमा अहिले भाउजू, आमा, बुवा र हजुरआमा पनि बस्छन्। दुई वर्ष अगाडि उनी आमाले पत्थरीको अप्रेशन गराइन्। करिब २ महिना अस्पतालमै बिताउनु पर्‍यो। उनी आमासँगै बुवा पनि बसे-हेरचाह गर्न। उनका दाजु जनकपुरमा विद्युतका पोल गाड्थे। बिहे भएको थिएन। दाजुभाइ मिलेर कुकर्म सबै आफ्नो काममा व्यस्त थिए।

    उनी एक्लै घरमा बस्थिन्। त्यही मौकामा छिमेकी (परोसी) भरतमान श्रेष्ठ र उनका दाइ राममान श्रेष्ठले पटक पटक उनलाई लोभ देखाएर बलात्कार गरे। त्यतिबेला लक्ष्मी गाउँकै सरकारी विद्यालयको कक्षा ७ मा पढ्दै थिइन्। श्रेष्ठ र लक्ष्मीको घर टाँसिएको छ। श्रेष्ठ परिवार विगतका जमिन्दार हुन्। घरमा कोही नभएको मौका छोपेर कहिले भरतमान त कहिले राममान इशारा गर्दै लक्ष्मीलाई आफ्नो घर बोलाउँथे। कयौं दिन मुख थुनेर जवरजस्ती गरे(पालैपालो। विगत सम्झिँदै लक्ष्मी भन्छिन्, ‘पहिलो दिन एक हजार रुपैयाँ दिएर बलात्कार गर्यो। त्यसपछि कहिले लुगा किनिदिन्छु त कहिले सरिफा र अनार दिन्छु भनेर बलात्कार गर्यो। मेरो घरको पछाडि ट्वाइलेट छ, ट्वाइलेट गर्न जाँदा इशारा गरेर बोलाउँथ्यो।’ कलिलो उमेरमा पटक पटक बलात्कृत भएकी लक्ष्मी मानसिक रोगी जस्तै भइन्। कसैलाई भने मारिदिने धम्कीका कारण डरले उनी घरपरिवारमा घटनाबारे आफ्नो पीडा बताउन सकेकी थिइनन्। आमा उपचार गराएर घर फर्के पनि छोरीमाथि भइरहेको अन्यायबारे थाहा पाइनन्। २०७६ जेठ(असारमा लक्ष्मी रुन कराउन थाल्दै राति राति भाग्‍न खोज्थिन्।

    उनको दिमागले काम गर्नै छाडेको हुनुपर्छ। आमा(बुवासँग पनि कुनै बेला डराउँथिन्। जे सुर लाग्यो, त्यही गर्न थालिन्। आमा-बुवाले भूतप्रेत लागेको भन्दै कयौं धामीसँग देखाए। तर निको भएन। त्यसपछि धेरैले भने, डाक्टरसँग चेकअप गराउन। बुवाले लक्ष्मीलाई लिएर ०७६ साउन दोस्रो साता विराटनगर पुगे। विराटनगरको नोबेल अस्पतालमा लक्ष्मीलाई डाक्टरसँग देखाए। लिएर गएको सबै ३० हजार रुपैयाँ खर्च सकिएपछि फिर्ता आए। डाक्टरले भनेअनुसारको औषधि महिनौंसम्म खुवाए तर ठीक भएन। पुनः लक्ष्मीलाई बुवाले धरान लिएर गए। त्यहाँका डाक्टरले पनि पटक पटक जवरजस्ती गरेका कारण लक्ष्मी यस्तो हालतमा पुगेको भने। त्यसपछि आफूमाथि भएको अन्यायका बारे बुवालाई उनले बताइन्। मामा भन्थिन् डाक्टरले औषधि दिएर ठीक भइहाल्ने बचन दिए। अनि अस्पतालबाट घर फर्के। महिनौंसम्म लक्ष्मीलाई औषधि खुवाए आमा(बुवाले। अहिले पनि केही औषधि खाइरहेकी छन् उनी। विगतको भन्दा केही सुधार भएको छ। तर मानसिक रुपमा उनी पूरा तन्दुरुस्त छैनन्।  ‘अस्पतालमा उनीमाथि भएको अन्याय सुनेपछि मेरो पनि दिमागले काम गर्न छोड्यो। आश्चर्य लाग्यो। जोमाथि आरोप लगाएको छ( उसलाई जहिल्यै मामा भन्थिन् उनी ९लक्ष्मी०’, लक्ष्मीका बुवा भन्छन्, ‘ घर फर्किँदा न्याय पाउन प्रहरीमा उजुरी गर्ने सोचे पनि लकडाउनमा जनकपुर जान सकिनँ।’ गाउँमा समाजका अगुवाहरुलाई घटनाबारे लक्ष्मीका बुवाले बताएपछि सबैले एकपटक छलफल गर्न भने। भदौ १५ मा गाउँकै पिपल चौतारामा छलफल भयो। आरोपी राममान र भरतमानलाई पनि बोलाइयो। गाउँका करिब सयौं मानिस भेला भए। छलफल लामो समय चल्यो। सुरुमा राममान र भरतमानले आफुले केही नगरेको जिद्दी गरे। पछि भरतमानले गल्ती भएको भन्दै माफी मागे। राममानले गल्ती स्वीकारेनन्। माफी माग्दैमा नछाड्ने भन्दै लक्ष्मीका बुवाले प्रहरीमा उजुरी गरेर कारबाही गराउने अडान लिए।

    कारबाही हुनुपर्ने अडान नछाडेपछि उनीमाथि राजनीतिक दबाब आउन थाल्यो। केहीले गाउँमै न्याय दिलाइदिने वाचा गरे। कतिले पैसा लिएर मिलापत्र गर्न भन्ने। तर लक्ष्मीका बुवा भदौ २२ मा जिल्ला प्रहरी कार्यालय धनुषा पुगेर प्रहरी प्रमुखलाई पीडा सुनाए। प्रहरीले उजुरी दर्ता गरेन  प्रहरीले उजुरी लिएर आउन सुझाए। उनी भदौ २३ मा भरतमान र राममानमाथि जवरजस्ती करणी सम्बन्धी जाहेरी लिएर पुगे। मुद्दा फाँटले उनको उजुरी राख्यो। तर दर्ता भएको छैन। धनुषाका प्रहरी प्रमुख एसपी रमेश प्रसाद भट्टराईले घटनाबारे थाहा पाएपछि अनुसन्धान गरिरहेको बताए। किशोरीको मेडिकल गराएर आवश्यक अनुसन्धानका लागि फाइल ईलाका प्रहरी कार्यालय धनुषाधाम पठाएको उनले बताए।

    ‘पीडित परिवारले कहिले के भन्छ। कहिले के। पीडित भनिएकी किशोरीको मानसिक अवस्था पनि ठीक छैन’, उनले भने, ‘हामीले अनुसन्धान गर्दैछौं। निचोडमा पुगेर के गर्न सकिन्छ भन्‍ने निर्णय लिन्छौं।’ यता, महिला अधिकारकर्मी गुञ्जा रायले प्रहरीले मुद्दा दर्ता गर्न आलटाल गरिरहेको आरोप लगाइन्। पीडक परिवारको दबाबका कारण प्रहरीले मुद्दा दर्ता गर्न नचाहेको बताउँदै उनले मुद्दाको फाइल नै धनुषाधाम पठाएको बहाना गरिरहेको बताइन्। धनुषाधाम प्रहरीमा बुझ्दा जिल्लाले नै हेर्ने भन्दै पन्छिएको उनले बताइन्। ‘बलात्कार प्रयासमा त मुद्दा चल्छ। अनी पटक पटक ललाइ फकाई बलात्कार गरेको खुलिसकेको छ’, उनी भन्छिन्, ‘त्यही कारण किशोरीको मानसिक अवस्थासमेत गुमेको घटनामा मुद्दा दर्ता गर्न किन आलटाल गर्नुपर्यो रु प्रहरीले निष्पक्ष रुपमा कारबाही अगाडी बढाउनुपर्छ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु