• सारङ्गीवादक जंगबहादुर सिकिस्त

    म्यूजिक खबर
    प्रकाशित: २९ कार्तिक २०७०, शुक्रबार

    काठमाडौं । सारङ्गी किङका रुपमा चिनिँदै आएका सारङ्गीवादक जंगबहादुर गन्धर्व सिकिस्त विरामी परेका छन् । हिजो विहीबार निमोनियाले सिकिस्त बनाएपछि पाटन पु¥याइएका जंगबहादुरलाई त्यहाँ आइसियू उपलब्ध नभएपछि स्टार हस्पिटलमा लगी उपचार गरिरहिएको छ । उनको कलेजोमा पनि समस्या देखिएको र निमोनिया पनि भएका कारण उपचारमा रहेका डाक्टरहरुले उनको अवस्था चिन्ताजनक भएको उनका छोरा भुवन गन्धर्वले बताए । रेडियो नेपालका जागिरेसमेत रहेका जंगबहादुरले बीचमै जागिर छाडेर सारङ्गी बजाउँदै आएका थिए । प्राय गरेर काठमाडौंका सबै स्टुडियोमा सारङ्गी बजाउँदै आएका गन्धर्व कुनै बेलाका राम्रा गायक पनि हुन् ।

    junga bahadur

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु