गायक तथा अभिनेता जयनन्द लामाको निधन, प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जली व्यक्त

म्यूजिक खबर
प्रकाशित: ११ फाल्गुन २०७८, बुधबार
jayananda lama

काठमाडौं । लोक गायक तथा अभिनेता जयनन्द लामाको निधन भएको छ । उनी अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिए ।

श्रेष्ठका अनुसार आज बिहान मध्यपुरथिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका थिए ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजु पाण्डेका अनुसार उनी बैठकमा सहभागी हुन भन्दै मंगलबार बेलुकी ७ बजे काठमाडौंको बौद्ध गएका थिए । आज बिहान ७ बजे बा ३ च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परी टाउको भुइँमा जोतिएको अवस्थामा घरको गेटमा लामा मृत फेला परेका थिए । डिएसपी पाण्डेले घटनाको थप अनुसन्धान भइरहेको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार तथा लोकगायक जयनन्द लामाको निधनप्रति दु:ख व्यक्त गरेका छन्। बुधबार उनले सामाजिक सञ्जालमार्फत् उनको निधनप्रति दु:ख व्यक्त गरेका हुन्। ‘कलाकार एवं लोकगायक जयनन्द लामाको असमायिक निधनबाट मुलुकले गितसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको छ,’ प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु