• सर्वाधिक मन पराइयो ‘झमझम झम्कना’ – निरन्तर ट्रेण्डिङको एक नं. मा

    म्यूजिक खबर
    प्रकाशित: ३ श्रावण २०७९, मंगलवार

    काठमाडौं । यसपालि तीज पर्व भदौ १४ मा छ । पर्व नजिकिएसँगै तीजका भाका पनि गुञ्जित थालेका हुन् । कति चर्चामा छन् त कुनैले ‘भ्युज’का लागि सङ्घर्ष गरिरहेका छन् । सार्वजनिक भएका तिनै गीतहरुको भीडमा तीज गीत ‘झमझम झम्कना’ ले भने राम्रो चर्चा, भ्यूज सकारात्मक प्रतिक्रिया सहित युट्युबको ट्रेण्डिङ नं। एकमा बस्न सफल भएको छ । गीत दिनदेखी निरन्तर ट्रेण्डिङको एक नम्बरमा रहिरहेको छ ।

    यो समाचार तयार पारिरहेको समयमा गीतले ३५ लाख बढी भ्यूज बटुलिसकेको छ । १२ दिनअघि सार्वजनिक गरिएको म्युजिक भिडियोले ७१ हजार लाइक पाएको छ भने ६ हजार ६ सय बढीले गीतमा कमेन्ट गरेका छन् ।

    सार्वजनिक भएको चौथो दिनमा नै ट्रेण्डिङ एकको यात्रामा रहेको गीतले अझै यो स्थान छाडेको छैन ।

    भगिरथ चलाउने र सुनिता बुढा क्षेत्रीले स्वर दिएको उक्त गीत दर्शक÷स्रोताको रुचाइमा परेको हो । बमबहादुर गाहा मगरको शब्द रहेको गीतमा सङ्गीत पनि गायक चलाउनेले नै दिएका छन् । गीत टिकटक प्रयोगकर्तामाझ पनि लोकप्रिय बनेको छ ।

    गायक भगिरथ चलाउनेको युट्युब च्यानलमा मार्फत सार्वजनिक भएको यो गीत नै उनको च्यानलबाट सार्वजनिकमध्ये छोटो समयमा धेरै भ्युज पाएको गीत पनि हो यो । शब्द र संगीतको तारतम्य मिलेकै कारण उनको यो गीत रुचाइएको लाग्छ ।

    मनछुने भाका, शब्द र सुरिलो गायकीले गीतलाई सुनिरहँ लाग्ने बनाएको छ । कलाकार नीता ढुङ्गाना र गायक चलाउनेको अभिनय र नृत्यले आँखालाई आनन्द दिन्छ । म्युजिक भिडियोमा राजेश घिमिरेको छायाँकन र विष्णु शर्माको सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु