• साउन ३१ बाट ‘झम्म झम्म साइली’ आउँदै

    म्यूजिक खबर
    प्रकाशित: २९ श्रावण २०७९, आईतवार

    काठमाडौं । हिन्दू नारीहरुको महान पर्वका रुपमा लिइने मौलिक पर्व तीजको अवसरमा धेरै गीतहरु सार्वजनिक हुने गर्छन् । अरुबेला गीत नगाउने गायक गायिका पनि तीजमा झुल्किने गर्छन् । तीज गीतबाट नै वर्षभरि चर्चा बटुल्ने र सांगीतिक कार्यक्रमहरु पनि पाउने गर्छन् । त्यही मेसोमा नयाँ गीत झम्म झम्म साइली बजारमा आउँदैछ ।

    साउन ३१ गतेबाट बजारमा आउन लागेको तीज गीत ‘झम्म झम्म साइली’मा प्रतिक्षा वाग्ले र कमल बिसी माइलदाइको स्वर रहेको छ । गीतको शब्द नेत्र अर्यालको रहेको छ भने संगीत कमल बिसीकै रहेको छ । महेन्द्र भण्डारीको संगीत संयोजन रहेको यस गीत मारुनी डिजिटलमा रेकर्ड भएको हो । गीतको मिक्सिङ कुमार रानाले गरेका छन् ।
    गीतको भिडियोलाई क्रान्ति केसीले निर्देशन एवं सम्पादन गरेका छन् । अजय रेग्मीको छायाँकन रहेको यस भिडियोमा लोसिना लामिछाने, जसोदा कार्की, समुन्द्र वाग्ले र प्रेम रसाइलीको अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु