जीवनको पहिलो गीत आउँछु म फर्केर चर्चाको शिखर चुम्दै

म्यूजिक खबर
प्रकाशित: १७ मंसिर २०७५, सोमबार

काठमाडौं । चर्चित गायिका मुना थापाको भाइ जीवन थापा मगर यतिबेला आधुनिक गायनमा चर्चा बटुल्दैछन् । दिदीको पदचाप पछ्याउँदै आफ्नै शब्दमा उनले गीत गाएका छन् । विपन थापाको संगीतमा उनले गाएको गीत ‘आउँछु म फर्केर’ चार लाख भन्दा माथि भ्यूअर्स पाइसकेको छ । उनले गाएको पहिलो गीत हो यो । वैदेशिक रोजगारको कथालाई लिएर उनले गीत सिर्जना गरेका हुन् । उनको गायकीले सबैको मन लोभ्याउँदै गर्दा विदेशमा रहने नेपालीहरुको पनि मन जित्दै गरेको छ ।

उनले संगीतको सरगम नसिके पनि उनको मनमा भने गीतसंगीतको बास छ भन्ने कुरा स्पष्ट देखिन्छ । घरको परिवेशले गोरखामा नै रहेका उनले यो गीतलाई बजारमा ल्याउन दिदी मुनाको ठूलो हात रहेको बताउँछन् । प्रकाश सपुत र रियाशा दाहालले अभिनय गरेको म्यूजिक भिडियोमा वैदेशिक रोजगारको कथालाई चित्रित गरिएको छ । प्रकाश सपुतको निर्देशन रहेको म्यूजिक भिडियोमा करण चैंसिरको छायाँकन एवं मनोज कार्कीको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु