जितेन र प्रतिमाले ‘आमा’ सार्वजनिक गरे (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २५ बैशाख २०७६, बुधबार

काठमाडौं । गायक संगीतकार जितेन बान्तवा र गीतकार प्रतिमा गुरुङको ‘आमा’ आमाको मुख हेर्ने दिनलाई मध्यनजर गर्दै सम्पूर्ण नेपाली गीत संगीत प्रेमी माझ सार्वजनिक गरिएको छ । समाज सेवामा समर्पित भई आफ्नो छुट्टै पहिचान बनाईसकेका गायक तथा संगीतकार जितेन बान्तावाले स्वर दिएका छन् । सार्वजनिक भएको मेरी आमÞा गीतलाई फ्रान्समा रहेर पनि नेपाली गीत संगीतलाई असाध्यै माया गर्ने गीतकार प्रतिमा गुरुङ’ले रचना गरेकी हुन् । गीतमा संगीत गायक जितेन बान्तवाको नै रहेको छ । त्यसैगरी संगीत संयोजन पावल चाम्लिङ राई’को रहेको छ । गीतको भिडियोमा निर्देशन जितेन बान्तवा, छायांकन केशब बिस्वकर्मा, सम्पादन र कलरिङ मोहन सुनुवार नबिन’को रहेको छ भने, भिडियोमा गायक स्वयम् जितेन बान्तवा र सोना पालूङगवाको मार्मिक अभिनय रहेको छ । गीतको अडियो भिडियोलाई जितेन बान्तवा अफिसियल युट्युब च्यानलले पोष्ट प्रोडक्सन गरेको छ । भिडियोलाई जितेन बान्तवाको युट्युब च्यानलमा हेर्न सकिन्छ ।
केहि पहिला सार्वजनिक भएको गायक जितेन बान्तवा’को स्वर संगीत रहेको गीत (आमा तिम्ले छाडी गएपछि ) बोलको गीतलाई पनि पेरिस फ्रान्स’मा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने गीतकार प्रतिमा गुरुङ’ले नै रचना गरेकी थिइन् ।

 

सानैमा आफ्नो आमा गुमाएका गायक संगीतकार जितेन बान्तवा भन्छन माया प्रेमका गीत दिनहुँ सार्वजनिक भईरहेका बेला मैले (आमा ओ मेरी आमा) गीतलाई पूर्णता दिएको हुँ । आमा गुमाउनुको पिडा र आमा नहुँदा कत्तिको एक्लो पन महाशुश हुन्छ, त्यो मलाई र प्रत्येक आमा नहुनेलाई पक्कै थाहा छ ।
त्यसैले मैले सम्पूर्ण आमा नभएका र भएका संगीत प्रेमीहरुका लागि आमा नहुँदा एस्तो हुन्छ आमा भएकालाई पनि आमालाई सम्मान गर्नु पर्छ । आमा भएकालाई पनि आमाको महत्व एस्तो हुन्छ है भन्ने एउटा संदेश जावोस भन्ने हेतुले मैले आमा लाई डेडीकेट गर्दै यो (आमा ओ मेरी आमा) गीत’को भिडियो सार्वजनिक गरेको हुँ ।
त्यसोत समाजसेवामा पनि गायक जितेन बान्तवा’को उत्तिकै चर्चा परिचर्चा हुने गर्दछ । गायक बान्तवाले गरेको निश्वार्थ सामाज सेवा’को कारण’ले उनलाई चिन्नेले दोश्रो राम्रो छवि भएका व्यक्ति भनेर चिन्ने गर्छन् । समाजसेवा’मा उनले दिएको योगदानको कुरा गर्दै जाँदा कृष्ण र रुपा वली, होस या मेघा घिमिरे, बुद्धिमान कुँवर, बेचिन लागेका चेलीहरु होस, या, श्रीमानले धोका दिएका नेपाली दिदि बैनी होस् सबैको दुखमा मलम लगाउने कार्यको दोश्रो नम्बरको व्यक्तिमा पर्दछन समाजसेवी गायक संगीतकार जितेन बान्तवा ।

 


समाजसेवाका आलावा गीत संगीतको क्षेत्रमा पनि बिगत १० बर्ष अगाडिबाट आफुलाई निरन्तर सांगीतिक र सामाजिक सेवामा आवद्ध गराई बेला मौकामा सुमधुर गीत संगीत पस्किने क्रममा अहिले (आमा ओ मेरी आमा) गीतको भिडियो आम संगीतप्रेमी माझ ल्याई सार्थकता दिएका छन् । गायक बान्तवा’का पछिल्ला समयका गीतहरु नजाऊ चेली विदेश ,आमा तिम्ले छाडी गएपछि, क्षितिज पारि, बादल पारी तिम्रो शहरजस्ता गीतले आम जनमासमा कब्जा जमाई सकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु