बादल थकालीको मुस्ताङ चिनारी गीत ‘जोमसोम बजार’मा रामजी र सन्जुको स्वर

म्यूजिक खबर
प्रकाशित: ६ फाल्गुन २०८२, बुधबार ०३:३७

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’ सार्वजनिक भएको छ । गीतकार सुमन पण्डितको शब्द तथा संगीतमा तयार भएको ‘जोमसोम बजार’ गीतमा लोकप्रिय गायक रामजी खाँड र लोकप्रिय गायिका सन्जु न्यौपानेको स्वर रहेको छ । गीतलाई मदन केसीले संगीत संयोजन गरेका हुन् भने कुमार रानाले मिक्सिङ गरेका छन् ।

‘जोमसोम बजार’ गीतको भिडियोमा लोकप्रिय मोडलद्वय स्मारिका ढकाल र सुरेश कोल्हीले अभिनय गरेका छन् । मुस्ताङ जिल्लाको मुक्तिनाथ, ढुम्बाताल, कुछपतेरङ्गा गुम्बा, ठिनी, जोमसोमबजार, मार्फा, कागबेनी लगायतका विभिन्न भूभागको चिनारीसहित छायाँकन गरिएको थियो । ‘जोमसोम बजार’ को म्यूजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका छन् । करन चैंसिरको छायाँकन तथा विनोद बमको सम्पादन रहेको यो गीतको प्रस्तुतकर्ता बादल थकाली हुन् ।

शुभकामना मिडिया सोलुशनको ब्यानरमा निर्माण भएको ‘जोमसोम बजार’ प्रस्तुतकर्ता बादल थकालीको अफिसियल यूट्यूब च्यानल मुस्ताङ लभरबाट सार्वजनिक भएको छ ।



फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु