• पत्रकार भण्डारी, गायक पौडेल र कवि विश्वकर्मालाई ४ हजार डलरको पुरस्कार सहित सम्मान गरिने

    म्यूजिक खबर
    प्रकाशित: ४ पुष २०७९, सोमबार

    काठमाडौं । हेम–सरिता पाठक फाउन्डेसनले आगामी पुस ११ गते प्रज्ञा भवनमा वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई दुई हजार अमेरिकी डलरसहित ‘टकंप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार’ बाट सम्मानित गर्ने भएको छ ।

    यसैगरी फाउन्डेसनले एक हजार अमेरिकी डलर राशिसहित चर्चित गायक नवीन पौडेललाई ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार’बाट सम्मानित गर्ने भएको छ ।

    यसैगरी एक हजार अमेरिकी डलर राशिसहित कवि मनोज विश्वकर्मालाई ूभ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कारूबाट सम्मानित गर्ने भएको छ ।

    हेम९सरिता पाठक फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीका अनुसार यी पुरस्कारहरु यस फाउन्डेसनका संरक्षक समाजसेवी हेम पाठक र सरिता पाठक ९टेक्सस,अमेरिका०ले स्थापना गर्नु भएको हो । यी पुरस्कारहरु चेतना विकास र उत्प्रेरणाका लागि स्थापना गरिएका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु