
काठमाडौं । संचारकर्मी शारदा थापाले तीजको मौका पारेर नयाँ तीज गीत सार्वजनिक गर्ने गरेकी छिन् । उनले यो साल ‘तीजको लहर’ बोलको गीत सार्वजनिक गरेकी छन् । आफ्नै स्वरमा तयार गीतमा शारदा आफैले कम्मर मर्काएकी पनि छन् ।
जीवा प्याकुरेलको शब्द, संजय श्रीपालको एरेञ्ज रहेको गीतमा जया देवकोटाको संगीत छ । मदन खड्काको निर्देशन रहेको गीतको भिडियोमा बिरेन्द्र भट्टको छायांकन र अमृत चापागाईंको सम्पादन छ ।