युकेबाट जंगबहादुरलाई डेढ लाख सहयोग

म्यूजिक खबर
प्रकाशित: ७ मंसिर २०७०, शुक्रबार

काठमाडौं । सारंगी सम्राट जंगबहादुर गन्धर्वको उपचारका लागि युकेमा कार्यरत रहेका दाङ निवासी मानबहादुर थापाको विशेष पहलमा १ लाख ४७ हजार २ सय ३७ रुपैयाँ सहयोग जम्मा भएको छ । युकेमा रहेका नेपालीहरुसँग गन्धर्वको स्थितिबारे प्रष्ट पार्दै आर्थिक सहयोग जुटाउन थालिएको थापाले बताए । सारङ्गीका माध्यमबाट नेपाली गीतसंगीत उद्योगमा पु¥याएको योगदानको अतुलनीय भएको बताउँदै उनको स्वास्थ्य चिन्ताजनक हुँदै गएको र आर्थिक अवस्था पनि कमजोर हुँदै गएकोले सहयोग गरेको बताएका छन् ।
म्यूजिक खबर डटकमको समाचार सम्प्रेषण गरेपछि गन्धर्वलाई सांगीतिक संघको बैठकले पनि दश हजार रुपैयाँ सहयोग गरेको थियो । गन्धर्वको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग गर्ने मनहरु बढिरहेका छन् । आर्थिकस्थिति कमजोर रहेका कारण गन्धर्बलाई संगीतमा आबद्ध सबै संघसंस्थाद्वारा सहयोग गर्न समेत संघले अपिल गरेको छ । निमोनियाबाट थलिएका गन्दर्ब राजधानीस्थित स्टार हस्पिटलमा उपचारर्थ रहेका गन्धर्वलाई अवस्था अझ चिन्ताजनक भएको भन्दै केएमसी हस्पिटलमा पु¥याइएको छ । उनका छोरा भुवनका अनुसार उपचारमा संलग्न डाक्टरले स्वास्थ्यस्थितिमा केही सुधार भएको भए पनि त्यसमै ढुक्क हुनेस्थिति एकदमै कम छ । काठमाडौंका प्राय अधिकांश प्रतिशत स्टुडियोमा सारंगी बजाउँदै आएका गन्धर्वलाई उपचारका लागि सहयोगी हातहरुको आवश्यक रहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु