युकेमा ‘जुनकिरी’ प्रदर्शनसँगै सांगीतिक कार्यक्रम हुने, निर्देशक गुरुङ सहित ‘स्टार’हरु स्टेजमा उत्रिने

म्यूजिक खबर
प्रकाशित: २५ श्रावण २०८३, सोमबार १९:३६

काठमाडौं । नेपाली गुरुङ समुदायको ऐतिहासिक एवं मौलिक घाँटू परम्परा र संस्कृतिमा आधारित चलचित्र ‘जुनकिरी’ संयुक्त अधिराज्य (युके) मा विशेष प्रदर्शन हुने भएको छ। नेपाल, हङकङ र काठमाडौँका प्रिमियर शोहरूमा व्यापक प्रशंसा बटुलेको यस चलचित्रलाई अब बेलायतमा रहेका नेपाली दर्शकहरू माझ लैजाने तयारी पूरा भएको छ।

जुनकिरी टिम’ को आयोजना तथा गोरखा जिल्ला गुरुङ समाज यूके को सह–आयोजनामा बेलायतका दुई छुट्टाछुट्टै सहरहरूमा भव्य रेड कार्पेट प्रिमियर, च्यारिटी शो र विशेष सांगीतिक कार्यक्रम आयोजना हुन लागेको हो।

चलचित्र प्रदर्शनलाई थप मनोरञ्जक र विशेष बनाउन यस पटक हलहरूमा बृहत् सांगीतिक कार्यक्रम समेत आयोजना गरिने भएको छ। यसका लागि चलचित्रका निर्देशक दीप गुरुङ, लेखक तथा मुख्य अभिनेता सुरज तमु, र मुख्य अभिनेत्री लक्ष्मी गुरुङ सहितको मुख्य कलाकार र सांस्कृतिक टोली बेलायत जाँदैछ। टोलीमा नेपालका स्थापित र चर्चित गायक–गायिकाहरू समेत सहभागी हुनेछन्।

दुवै शोको सांगीतिक प्रस्तुति विवरणः
१. केट्रीक शोः
मितिः २०२६ सेप्टेम्बर ५, शनिबार
समयः साँझ ठीक ६ः ०० बजे
सांगीतिक आकर्षणः केट्रीक शोमा चलचित्रि प्रदर्शन पश्चात लोकप्रिय गायिका रेश्मा तामाङ, गायक राजेन्द्र घर्ति मगर र चलचित्रका कलाकारहरूले विशेष सांस्कृतिक प्रस्तुति दिनेछन्।

२.अल्डरसट शोः
मितिः २०२६ अक्टोबर ४, शनिबार
समयः साँझ ठीक ६ः०० बजे
स्थानः एम्पायर हल, अल्डरसट
सांगीतिक आकर्षणः एम्पायर हलको शोमा चर्चित गायिका रेजिना परियार, गायिका निता थापा मगर, गायक राजेन्द्र घर्ति मगर, र कौडा किङका रूपमा परिचित गायक दुर्गा गुरुङ लगायतका चर्चित कलाकारहरूले आफ्नो बेजोड सांगीतिक प्रस्तुति मार्फत दर्शकहरूलाई मनोरञ्जन गराउनेछन्।

चलचित्रमा सुरज तमु, लक्ष्मी गुरुङ, कविता आले, अनिल सुब्बा, र डीबी गुरुङ लगायतका सशक्त कलाकारहरूको अभिनय रहेको छ। लोपोन्मुख बन्दै गएको रैथाने घाँटू संस्कृतिलाई जीवन्त रूपमा पर्दामा उतारिएको यस चलचित्र र चर्चित नेपाली संगीतकारहरूको प्रस्तुतिले बेलायतमा हुर्कँदै गरेको नयाँ पुस्ताका नेपालीहरूलाई आफ्नो मौलिक पहिचान, संगीत र परम्पराबारे बुझ्न ठूलो मद्दत पुग्ने विश्वास आयोजकले लिएको छ।

विशेष कम्युनिटी र च्यारिटी शोका रूपमा प्रदर्शन हुन लागेकाले यसको टिकट बुकिङ तीव्र गतिमा भइरहेको र सीमित सिट मात्र बाँकी रहेको गोरखा जिल्ला गुरुङ समाज यूकेले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु