तेश्रो ज्योती फिल्मस् म्यूजिक अवार्ड सम्पन्न, चन्दा र एलिना बने उत्कृष्ट गायिका र मोडल

म्यूजिक खबर
प्रकाशित: १३ चैत्र २०७८, आईतवार

काठमाण्डौ । ज्योति फिल्म्स म्युजिक अवार्ड २०७८ को तेश्रो संस्करण सम्पन्न भएको छ । हिजो चैत्र १२ गते शनिबार महाराजगन्ज स्थित रोयल दरबार इभेन्ट्समा आयोजित कार्यक्रममा गायिका चन्दा अर्याल उत्कृष्ट लोकदोहोरी गायिका बन्न सफल भइन् भने एलिना रायमाझीले उत्कृष्ट मोडलको अवार्ड उचाल्न सफल भइन् । गायिका चन्दाले ‘करिमैको दोष’ बोलको गीतबाट अवार्ड उचालेकी हुन् । त्यस्तै एलिना रायमाझीले ‘भिनाजुको छड्के ताल’ बोलको गीतबाट उत्कृष्ट मोडलको अवार्ड उचालिन् ।

चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा गीत संगीत, तथा डकुमेन्ट्री सँग सम्बद्ध जम्मा ३६ विधामा उत्कृष्ट हुनेलाई अवार्ड प्रदान गरिने भनिएकोमा विभिन्न विधाका जुरी अवार्ड सहित जम्मा ४७ विधामा अवार्ड प्रदान गरिएको छ  ।

रोयल मुभिजको प्रस्तुतिमा ज्योति फिल्म्स म्युजिक अवार्ड २०७८ को तेश्रो संस्करणमा तुलसी घिमिरे, राजु सिङ, देविका बन्दना, रमेश उप्रेति, कुमार बस्नेत, रबिन्द्र खड्का, आकास अधिकारी, सुसिल नेपाल, कमल राई लगाएत बरिष्ट व्यक्तित्वहरुको उपस्थितिले पनि कार्यक्रमलाई गर्भिलो बनाएको थियो । अवार्ड कार्यक्रममा स्थापित र नवप्रतिभा दुवैलाई समेटेर सम्मान प्रदान गरिएको आयोजक रोयल मुभिज प्रालिका अध्यक्ष निरेन श्रेष्ठले जानकारी दिए ।

हाम्रो अभियान, कलाकर्मीलाई सम्मान भन्ने मूल नाराका साथ् सम्पन्न हुँदै आएको रोयल मुभिजको प्रस्तुतिमा ज्योति फिल्म्स म्युजिक अवार्ड २०७८ को तेश्रो संस्करण सम्पन्न भएको छ । हिजो चैत्र १२ गते शनिबार महाराजगन्ज स्थित रोयल दरबार इभेन्ट्समा आयोजित कार्यक्रम, चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । उक्त कार्यक्रममा गीत संगीत, तथा डकुमेन्ट्री सँग सम्बद्ध जम्मा ३६ विधामा उत्कृष्ट हुनेलाई अवार्ड प्रदान गरिने भनिएकोमा विभिन्न विधाका जुरी अवार्ड सहित जम्मा ४७ विधामा अवार्ड प्रदान गरिएको छ  ।

रोयल मुभिजको प्रस्तुतिमा ज्योति फिल्म्स म्युजिक अवार्ड २०७८ को तेश्रो संस्करणमा तुलसी घिमिरे, राजु सिङ, देविका बन्दना, रमेश उप्रेति, कुमार बस्नेत, रबिन्द्र खड्का, आकास अधिकारी, सुसिल नेपाल, कमल राई लगाएत बरिष्ट व्यक्तित्वहरुको उपस्थितिले पनि कार्यक्रमलाई गर्भिलो बनाएको थियो । अवार्ड कार्यक्रममा स्थापित र नवप्रतिभा दुवैलाई समेटेर सम्मान प्रदान गरिएको आयोजक रोयल मुभिज प्रालिका अध्यक्ष निरेन श्रेष्ठले जानकारी दिए ।

गीत र कलाकारको प्रोत्साहनका लागि यो अवार्ड कार्यक्रमको आयोजना गरिएको रोयल मुभिज प्रालिले बताएको छ । निष्पक्षताका साथ् आयोजना हुँदै आएकोले, रोयल मुभिज प्रालिको प्रस्तुति ज्योति फिल्म्स अवार्ड जस्तो कार्यक्रमले निरन्तरता पाउनु पर्ने उपस्थित पाहुनाहरुले बताए । कार्यक्रममा नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि योगदान पुर्याए वापत रङ्ग पत्रकार सबिता पोख्रेल, र अर्का संचारकर्मी राजु बोहरालाई सम्मान समेत गरिएको छ ।

सर्वोत्कृष्ट शब्द (लोक दोहोरी) गोविन्द पंगेनी – चल्यो बतास
सर्वोत्कृष्ट शब्द (आधुनिक तथा पप) घनश्याम बानियाँ – जीवन यस्तै हो
सर्वोत्कृष्ट शब्द (काठेभाका) सन्तोष गिरी – भावीको लेखान्त
सर्वोत्कृष्ट चार्डपर्व गीत प्रकाश पुरी – दशैं तिहार
सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत अजय कार्की – हामी देश बचाऔं

सर्वोत्कृष्ट लय (लोक दोहोरी) प्रसाद लामिछाने – पानी छल्काले
सर्वोत्कृष्ट लय (काठेभाका) सरोज लामिछाने – बरको हाँगो
सर्वोत्कृष्ट एरेन्जर नारायण दंगाल – अल्लारे माया
सर्वोत्कृष्ट डकुमेन्ट्री निर्देशक गौतम खाती – भिजीट डाँछी
सर्वोत्कृष्ट नवगायिका (आधुनिक तथा पप) सुजाता पाण्डे – त्यो दिन सम्झ

सर्वोत्कृष्ट नव गायिका (लोक दोहोरी) मिनाश्री लुङ्गेली मगर – स्याउ फल्यो जुम्लामा
सर्वोत्कृष्ट नव गायिका काठेभाका. सुबिना श्रेष्ठ – कालु कैलु
सर्वोत्कृष्ट नव गायिका (काठेभाका) जुरी सारदा रसाइली – खेतको आली
सर्वोत्कृष्ट नवगायक (आधुनिक तथा पप) शैलेन्द्र मुडबरी – घुम्न जाउन
सर्वोत्कृष्ट नवगायक (काठेभाका) शरण प्रसाद हुमागाँइ – पबित्र माया

सर्वोत्कृष्ट नव गायक (लोक दोहोरी) विर्ख विश्वकर्मा – मञ्जरी
सर्वोत्कृष्ट गायन तामाङ्ग गीत करण तामाङ्ग – नाम्सा धिम
सर्वोत्कृष्ट भिडियो सम्पादक विष्णु खडका – जेल पनि सहुँला
सर्वोत्कृष्ट नवमोडल पुरुष (आधुनिक तथा पप) लीला राज बानियाँ – पहिलो माया
सर्वोत्कृष्ट नवमोडल पुरुष (लोक दोहोरी) आर्यन कार्की – बोलाइ देउ मलामी

सर्वोत्कृष्ट नवमोडल महिला (आधुनिक तथा पप) सुर्बिना लिम्बु – किन हो किन
सर्वोत्कृष्ट नवमोडल महिला (लोक दोहोरी) रेश्मा सुवेदी – फुल्यो गुराँस
सर्वोत्कृष्ट भिडियो निर्देशक (आधुनिक तथा पप) अनुप रेग्मी – पञ्चेबाजा
सर्वोत्कृष्ट गायक (आधुनिक तथा पप) प्रेम सन्ेचुरी – जीवन यहाँ यस्तै छ
सर्वोत्कृष्ट गायक (लोक दोहोरी) तारापति सुवेदी – घाम चर्केको छ

सर्वोत्कृष्ट गायक (काठेभाका) राम स्याङतान – विहेको रत्यौली
सर्वोत्कृष्ट गायक (पप) आयुषमान विष्ट – पोखरेली नानी
सर्वोत्कृष्ट रेकर्डिस्ट कमल थापा – डाँडा घरे साँइली
सर्बोउत्कृस्ट मौलिक भाका गायक शुक्र तामाङ – (गोर्खाली)
सर्वोत्कृष्ट गायिका (आधुनिक तथा पप) कमला रिसाल – आमाको काखै प्यारो

सर्वोत्कृष्ट गायिका (लोक दोहोरी) चन्दा अर्याल – करीमैको दोष
सर्वोत्कृष्ट गायिका (काठेभाका) सिर्जु अधिकारी – बाँसको डोको
सर्वोत्कृष्ट गायिका (काठेभाका) पपुलर स्मृति गौतम – अल्लारे माया
सर्वोत्कृष्ट मोडल महिला एलिना रायामाझी – भिनाजुको छड्के ताल
सर्वोत्कृष्ट मोडल महिला जुरी रिना थापा – हे कान्छी

सर्वोत्कृष्ट मोडल पुरुष– अभिनय (लोक दोहोरी) सुरेन्द्र लामिछाने – पानी छल्काले
सर्वोत्कृष्ट मोडल पुरुष (लोक दोहोरी) ओवि रायामाझी – रमरम मरौठी
सर्वोत्कृष्ट मोडल पुरुष (काठेभाका) भुवन चौलागाँई – ए जुनेली
सर्वोत्कृष्ट भिडियो निर्देशक (लोक दोहोरी) निशान बानियाँ – फाटेको एक हर लुगा
सर्वोत्कृष्ट मोडल पुरुष (आधुनिक तथा पप) रवि सिह – बिस्तारै बिस्तारै

सर्वोत्कृष्ट मोडल पुरुष– अभिनय (लोक दोहोरी) जुरी बिमल अधिकारी – तिम्रो झल्को
सर्वोत्कृष्ट गायक (आधुनिक तथा पप) पपुलर अफ द इयर – धन किरण गुरुङ्ग – किन हो किन
बेष्ट मेल मोडल अफ द इयर – आकश श्रेष्ठ ( झुम्का वाली
बेष्ट फिमेल मोडल अफ द इयर – पूजा शर्मा ( रमरम मरौठी)
बेष्ट सिङगर अफ द इयर – कुलेन्द्र बिक

बेष्ट डेब्यु ट्यालेन्टेड मोडल अफ द इयर – आशिक गुरुङ ( किन हो किन
भर्साटाइल अवार्ड – लक्षु प्रकाश मल्ल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु