• १० वटा संस्थाले ज्योति मगरको कार्यक्रम बहिष्कार, ज्योतिले दिइन् चुनौति

    म्यूजिक खबर
    प्रकाशित: २२ माघ २०७९, आईतवार

    अर्घाखाँची । गायिका ज्योति मगर सहभागी हुने सांगीतिक कार्यक्रमलाई संगीतसँग सम्बन्धित रहेका अर्घाखाँचीका १० संस्थाले बहिष्कार गरेका छन् । अर्घाखाँची महोत्सवमा गायिका मगरले प्रस्तुति दिने भनिएको कार्यक्रममा आफूहरुले सहभागिता नजनाउने निर्णय गर्दै उनीहरुले संयुक्त वक्तव्य जारी गरेका छन् ।

    नेपाली मौलिक पहिरनमा सुसज्जित भएर प्रस्तुत हुन पनि उनीहरुले आग्रह गरेका छन् । नेपालको मौलिक कला–संस्कृति बचाउन र यस्ता कार्यको विरोध गर्दै उक्त निर्णय गरिएको ती संघसंस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मेला महोत्सव र सांस्कृतिक कार्यक्रममा मगरले गाउने गीत र नृत्यले नेपाली मौलिक कला संस्कृतिको पक्षमा सुखद सन्देश दिन नसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

    यसरी विज्ञप्ति जारी गर्नेहरुमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा, लुम्बिनी वाङमय प्रतिष्ठान, लोकवार्ता परिषद्, सांस्कृतिक संरक्षण मञ्च, नेपाल सांस्कृतिक संघ, राष्ट्रिय जनसांस्कृतिक महासंघ, जनसांस्कृतिक महासंघ नेपाल, रक्त जनसांस्कृतिक अभियान, अर्घाखाँची सांस्कृतिक परिवार र लोकसंस्कृति संरक्षण अभियन्ता छन् ।
    उक्त वहिष्कारको समाचार बाहिर आएपछि गायिका ज्योतिमगरले सामाजिक सञ्जालमा चुनौति दिँदै स्टाटस पोस्ट गरेकी छन् । उनले संघसंस्था, अभियन्ता सामाजिक मूल्य मान्यता जोगाउन भन्दा पनि चन्दा उठाउन र अध्यक्ष, सदस्य बन्नका लागि प्रयोग भएको भन्दै आफू कार्यक्रममा आउँदै गरेको हुँदा हिम्मत भए रोकेर देखाउनु बहिष्कार होइन भन्ने चुनौतिसमेत दिएकी छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु