‘चबी’ र जोशिली ज्योति मगरः सामाजिक सञ्जालमा उपहास, के बिराइन् ?

म्यूजिक खबर
प्रकाशित: २६ पुष २०८०, बिहीबार

काठमाडौं । गायिका ज्योति मगर कुनै न कुनै कारण चर्चामा आरहन्छिन् । कहिले उनको ग्लामरस ड्रेसअप त कहिले जोशीलो प्रस्तुतिका कारण अत्याधिक चर्चा हुने गरेको छ । यस्तै प्रस्तुति या इन्टभ्यूज्मा उनले प्रयोग गर्ने द्धिअर्थी भावका शब्दले पनि उनी सामाजिक सञ्जालको लाइमलाइटमा छाइरहन्छिन् । जसरी चर्चामा आएपनि आखिर सेतु भनेको गीत संगीत नै हो । उनले गीत संगीतलाई जोडेकी छिन् । लोकगीतलाई बोकेकी छिन् । सुगम संगीत गुन्जिने, पप थर्किने र ठाउँमा पुगेर लोकगीतको रौनकतालाई पुष्टी गरेकी छिन् । अझ भनौं लोकगीतमा हुने बिरह र झ्याउरेपनलाई पनि उनले जोशीलो बनाएकी छिन् । रवाफीलो झल्काएकी छिन् । लोकगीत गाउनेको पहिरन अलग हुनुपर्छ, प्रस्तुती सालिन मात्रै हुनुपर्छ भन्ने मनोदशालाई सर्लक्क चिरेकी छिन् । लोकगीत गाउनेले मात्रै होइन सबै भावका गीत गाउनेले सौम्य प्रस्तुति र सादगी पहिरन लगाकै राम्रो होला । उनले पनि त्यसो गर्देको भा सायद ज्योतिको सुगन्ध अझ फैलन सक्थ्यो या ‘गुमनाम गायिका ज्योति मगर’ भनेर १–२ वता समाचार मुश्किलले बन्थ्यो ! त्यो अनुमान हरेक व्यक्तिले हरेक तरिकाले लगाउन सकिन्छ ।

तर उनको त्यहि अलग प्रबृतिको प्रस्तुतीलाई दर्शक श्रोताले रुचाएकै छन् । पूर्व पश्चिम, देश विदेश भ्याइनभ्याई भएकै छ । यो ज्योतीले मात्रै चाहेर पक्कै नहोला । आयोजकले पनि चाहनुपर्यो । सबैभन्दा ठुलो कुरा दर्शक श्रोताले । हो उनी ‘चबी’ छिन् र, स्टेजमा उफ्री उफ्री गीत गाउँछिन् । जोशिलो त्यो प्रस्तुतिलाई उनको त्यहि शारीरिक सुगठनलाई नै दर्शक श्रोताले मन पराइदिन्छन् ।

हालै तिनै चबी र जोशीली ज्योती मगरको एउटा भिडिओ सार्वजनिक भएको छ । इलामको माइनगरपालिका १, बिहिबारेमा भएको १३ कुने सिमसार महोत्सवमा ज्योतिले प्रस्तुति दिन स्टेज चढ्छिन् । पुष १९ गते करिब रातीको ११ बजे उनले प्रस्तुति दिन थाल्छिन् । उनी सधैं जसो उफ्री उफ्री गीत गाइरहेकी हुन्छिन् । यही क्रममा स्टेज भासिन्छ । सामाजिक सञ्जालमार्फत स्टेजमा लडेको यहि भिडियो पोष्ट भयो र सँगसँगै भाइरल पनि भयो । यसलाई धेरै उपहास गरेका छन् । यसअघि मन पराइएको उनको प्रस्तुतिलाई बिर्सिएर उनको शरीरप्रति नै व्यंग्य गरिन थालिएको छ । त, अब के बिराइन् ज्योतीले ? किन गर्ने उपहास ? यसअघि पनि उनको शरीर त्यही हो, प्रस्तुति दिने तरिका पनि त्यहि हो । यसअघिका प्रस्तुति हेर्ने हो भने पनि उनले उनले आफ्नो जोशलाई न त बढाएकी छिन् । न त घटाएकै छिन् ।

यो एउटा दुर्घटना मात्रै हो । दुर्घटना कहाँ, कहिले र कसलाई कसलाई हुन्छ पत्तो हुँदैन । दुर्घटनाले अवश्य पाठ सिकाउँछ । यो दुर्घटनाबाट पनि सबै प्रस्तोता र आयोजकले एउठा पाठ सिक्न जरुरी छ । प्रस्तोताका लागि संयमपूर्ण प्रस्तुतिको महत्व बढाएको छ । त्यो भन्दा ठूलो कुरा स्टेज आवरणमा मात्रै आकर्षक देखिएर हुँदैन । बलियो बनाउन जरुरी रहेछ भन्ने सिकाएको छ यो दुर्घटनाले । हरेक दुर्घटना यसरी टर्ने खालका मात्रै नहुन सक्छन्, ठूलो क्षती बेहोर्नु पर्न सक्छ । धन्न यो दुर्घटनाले क्षतीबाट जोगायो र पाठ पढायो र सिकायो । यसरी सोच्नु पर्ने होइन र सबैले ? तर किन उपहास ???
फेरि स्टेजमा प्रस्तुति दिंदादिंदै यस्तो दुर्घटना भएको नेपालकै लागि पनि यो पहिलो होइन । गायक प्रमोद खरेल, भिटेन, आलिफ खान जस्ता लोकप्रिय कलाकारहरु पन स्टेजसँग झूक्किएर लडेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु