
काठमाठौं । चर्चित गायिका ज्योति मगर गायक तथा संगीतकार नरेश खातीको स्वरमा रमाइलो तीज गीत ‘पोइ छैन, जोइ छैन’ सार्वजनिक भएको छ । नरशे खातीको शब्द तथा संगीत रहेको गीतलाई कृष्ण बिक ‘भाञ्जा’ ले एरेन्ज गरेका हुन् । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।
गीत निकै रमाइलो बनेको छ । काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा गायिका ज्योती र नरेशले कम्मर मर्काएका छन् । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका हुन् ।