वरिष्ठ लोकगायिका कविता आलेलाई ‘सरु संगीत राष्ट्रिय पुरस्कार’

म्यूजिक खबर
प्रकाशित: १७ भाद्र २०८२, मंगलवार ०२:१०

काठमाडौं । लोकगायिका कविता आले ‘सरु संगीत राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुभएको छ। सरु संगीत घरका प्रबन्ध निर्देशक डेनी निरौलाले आफ्नी दिवंगत आमा सरस्वती निरौलाको नाममा गत वर्ष ३ लाख रुपैयाँ राशिको अक्षयकोष स्थापना गरी यो पुरस्कारको थालनी गरेका थिए। आले पुरस्कार पाउने पहिलो व्यक्ति समेत हुनुहुन्छ।
वरिष्ठ संगीतकार एवं गायक कोमल निरौलाका अनुसार पुरस्कारबाट हरेक वर्ष नेपाली गीत(संगीत तथा वाद्यवादनका क्षेत्रमा स्थापित भइसकेका र ४० वर्षमाथिका महिला कलाकारलाई सम्मान गरिन्छ ।
यस पटक छनौट समितिमा गायिका लोचन भट्टराई, सुर्य थुलुङ्गको, कोमल निरौला सहितको छनोट समितिले कविता आलेलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । वि।सं। २०१२ सालमा इलामको फाकफोकमा जन्मिनु भएकी आलेले पूर्वीय लोकभाकालाई नेपाली लोकसंगीतमा विशिष्ट पहिचान दिलाउन योगदान दिनुभएको छ।

दिपक जङ्गमको प्रमुख आतिथ्यतामा सम्प्पन भएको कार्यक्रममा अर्गानिक लोकसंगीत प्रस्तुत गर्न सक्ने स्रष्टाका रूपमा स्थापित भएकी आलेलाई यो योगदानको उच्च सम्मान गर्दै पुरस्कृत गरिएको समितिले जनाएको छ । त्यस्तै, गीतकार रमेश दाहालद्वारा लिखित, डेनी निरौलाद्वारा सङ्गीतवद्ध सरु संगीत घरको गीत समेत सोहि विध्यालयमा अध्यनर विद्यार्थीद्वारा प्रस्तुत गरी सार्वजनिक गरिएको थियो । कार्यक्रममा गीतकार रमेश दाहाल, सङ्गीत संयोजक मनोहर सुनाम, संगीतकार नबिन न्यौपाने, अनन्त प्रजापति र भोला पौडेल समेत नेपाली उहाहरुले नेपाली गीतसंगीतमा पुर्याएको योगदानका लागि सम्मानित हुनुभएको थियो ।
कार्यक्रममा छनोट समिति सदस्य गायिका लोचन भट्टराई, डा। रत्नमणी नेपाल, पूर्वसचिव खेमराज नेपाल, नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी, पाटन उच्च अदालतका न्यायाधीश दुर्गा ढुंगेल, संगीतकार मिलन मोक्तान, शिक्षा सेवी बिष्णु कुमार निरौला, ललितपुर जिल्ला प्याब्सन अध्यक्ष तारा खनाल, वरिष्ठ पत्रकार बिष्णु निश्ठुरी, वरिष्ठ पत्रकार धर्म गौतम, द राइजिङ नेपालका सम्पादक बिष्णु गौतम लगायतको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु