• कविताको अँगालोमा कार्कीलाई आनन्द (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: १ जेष्ठ २०७१, बिहीबार

    काठमाडौं, १ जेठ । मोडलिङमा रमाउँदै गरेकी मोडल कविता बानियाँको अँगालोमा गायक आनन्द कार्की परेपछि झनै आनन्द महसुस गर्दै चियाबारीमा दिनभर रमाइलो गरेको दृश्य देख्न पाइयो । कविताको वक्षस्थल हेर्दै कार्कीले अँगालोमा बेरिएपछि निकै आनन्द महसुस गरेको दृश्य क्यामेरामा कैद भएको छ । सिन्धुपाल्चोकको एभरेष्ट नियाबगानमा गत आइतबार कविताको साथमा पुगेका गायक आनन्द कार्कीको रोमान्स देखेर हेर्नेहरुको ताँती नै लागेको थियो ।
    गायक आनन्द कार्कीको नयाँ गीत देखेँ जब तिमीलाई बोलको गीतमा अभिनय गर्ने क्रममा मोडल कविता र गायक आनन्द कार्कीको रोमान्सलाई म्यूजिक भिडियोमा देख्न पाइने भएको छ । निर्देशक दिपेन्द्र घिमिरेको निर्देशनमा तयार पारिएको उक्त म्यूजिक भिडियोलाई सिन्धुपाल्चोकको एभरेष्ट चियाबगानको रमणीय दृश्यमा छायाँकन गरिएको हो । गजेन्द्रमानको शब्द, मनोहर सुनामको संगीतमा गायक आनन्द कार्कीको स्वर रहेको देखेँ जब गीतमा गायक कार्की स्वयम्को अभिनय रहेको छ । जसको छायाँकन नवीन श्रेष्ठले गरेका हुन् भने निशान घिमिरेको सम्पादन रहेको छ ।

    ananda-kabita jaba kabita
    स्वरुपको सारङ्गी रोएछ
    सिन्धुपाल्चोक चिया बगानमा नै गत आइतबार गायक स्वरुपराज आचार्यको नयाँ गीत सारङ्गी रोएछको पनि म्यूजिक भिडियो गरिएको थियो । उत्तम मानन्धरको शब्दमा तयार पारिएको उक्त गीतलाई जुगल डंगोलले संगीत दिएका छन् । त्यस्तै स्वरुपराज आचार्यको स्वर रहेको छ भने उक्त गीतलाई एसियन म्यूजिकले बजार प्रबद्र्धन गरिएको छ । मनका कुरा एल्बममा समावेश गरिएको सारङ्गी रोएछमा कविता बानियाँ, अजय श्रेष्ठ र अनुज महर्जनको अभिनय रहेको छ । दिपेन्द्र घिमिरेको निर्देशनमा तयार भएको यस गीतलाई नवीन श्रेष्ठले छायाँकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन् ।

    kabita baniya sarangi sarangiii

    [youtube]https://www.youtube.com/watch?v=iRC-nCUT94M[/youtube]

     

    [youtube]https://www.youtube.com/watch?v=Gv_bxOFENrk[/youtube]

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु