• ‘हे गोरी’ बुगीउगी च्याम्पियन कविताको धमाकेदार नृत्य, हेर्नुहोस् भिडियो

    म्यूजिक खवर
    प्रकाशित: २१ मंसिर २०७५, शुक्रबार

    बुगीउगी विजेता कविता नेपालीलाई फिचर गरिएको ‘हे गोरी’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको स्वर रहेको गीतमा पुषकर राज पन्तको शब्द रहेको छ भने संगीत शंकर थापा स्माइलको रहेको छ । भिडियोमा कवितासंगै पुस्कर फिचर्ड छन् । अर्जुन अधिकारीको निर्देशन रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेको रहेको छ । भिडियो कोरियोग्राफी प्रशान्त तामाङले गरेका हुन् ।

    फिल्म ठुलीको निर्माता समेत रहेका पन्तले भिडियोको निर्माण गरेका हुन् । विभिन्न कविता संग्रह समेत सार्वजनिक गरिसकेका पन्तले यस गीत तथा भिडियोबाट आफुले निकै आशा गरेको बताए । त्यस्तै गायक प्रराज र गायिका सुजाता बर्माले क्लव सङ पछिल्लो समय नेपालमा चलिरहेको कारण दर्शकले ‘हे गोरी’ गीत मन पराउने बताए ।

    लभ सङको भिडियो निर्देशनमा बढी रुचाइएका निर्देशक अर्जुन अधिकारी भिडियोको बारेमा भन्छन् , ‘मलाई विशेषत लभ सङको भिडियोमा रुचाइएको छ । तर, मेरो पर्सनल इन्ट्रेस्ट र मन भने यो खालका भिडियो निर्देशनमा छ । प्रयोग गर्न रुचाउने मान्छे हुँ । यो भिडियो अर्को प्रयोग हो मेरालागि आशा छ दर्शकले मनपराइदिनु हुनेछ ।

    हेर्नुहोस् भिडियो :

     

    नविन कला मन्दिरको वार्षिकोत्सवमा यी बरिष्ठ स्रष्टा र पत्रकारलाई ‘नविन कला सम्मान’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु