नविन कला मन्दिरको वार्षिकोत्सवमा यी बरिष्ठ स्रष्टा र पत्रकारलाई ‘नविन कला सम्मान’

म्यूजिक खबर
प्रकाशित: २१ मंसिर २०७५, शुक्रबार

काठमाडौं । नविन कला मन्दिरको ६२ औ वार्षिकोत्सवका अवसरमा ‘नविन कला सम्मान’ एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । आज अर्थात २१ गते शुक्रवार कमलपोखरी, काठमाडौ स्थित रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा बरिष्ठ गीतकार रत्नशमसेर थापा, बरिष्ठ गायिका ज्ञानु राना, बरिष्ठ अभिनेत्री सकुन्तला शर्मा, बरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी काठमाडौं महानगरपालिकाका प्रमुख बिधासुन्दर शाक्य र नविन कला मन्दिरका अध्यक्ष निर्मल रिमालको हातबाट सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा गीत संगीत तथा कलाका विषयमा कलम चलाउँदै आएका केहि पत्रकारहरुलाई समेत कदर पत्र प्रदान गरिएको थियो ।

सङ्गीतकार एवं गायक नरहरी प्रेमी द्वारा सन्चालन गरिएको कार्यक्रममा नेपाली कला संस्कृति झल्किने विभिन्न नृत्यहरु र गायन प्रस्तुतिहरु पनि राखिएको थियो ।
नविन कला मन्दिर काठमाडौंको कालिकास्थानमा अवस्थित रहेको छ ।

 

नवीन कला मन्दिरले स्रष्टा र पत्रकारलाई सम्मान गर्ने

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु