चर्चित फेसन डिजाइनर काजलले मनाइन् जन्मदिन र बुटिकको वार्षिकोत्सव एकैदिन

म्यूजिक खबर
प्रकाशित: २ आश्विन २०७८, शनिबार
kajal फेसन डिजाइनर काजल शर्मा

काठमाडौं । चर्चित फेसन डिजाइनर काजल शर्माले ललितपुरको कुपन्डोलस्थित काजल क्रियसन बुटिकको सातौं वार्षिकोत्सव तथा आफ्नो जन्मदिन हिजो (शुक्रबार) मनाएकी छन् ।

शुक्रबार बेलुका काठमाडौंमा केक काटेर सेलिब्रेसन गर्दै उनले आफ्नो बुटिकको सातौं वार्षिक उत्सब र आफ्नो जन्मदिन मनाएकी हुन् ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थित थियो ।

कार्यक्रममा चलचित्र निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, हास्य अभिनेता निर्माल शर्मा, बरिष्ट ब्युटिसियन सोनी कारंजित, बरिष्ट फेशन ब्युटिसियन रश्मिला श्रेष्ठ, समाजसेवी प्रकाश कुमार श्रेष्ठ, बरिष्ट ब्युटिसियन रुस्का बैद्य श्रेष्ठ, ब्युटिसियनहरु रिना अवाले, रचना शाक्य महर्जन, रेणु राना शाक्य, गायिका रानी निरौला, ब्यबसायी महिला पविना खडका, निकिता पाण्डे, आशिष पोखरेल, हेमा पोखरेल, बसन्ती अधिकारी, सञ्चाकर्मी सूर्य चन्द, गायिका तथा सञ्चारकर्मी सरिता भारती, फोटोग्राफर बद्री थापा, लक्ष्मण महर्जनलगायतले फेशन डिजाईनर काजल शर्मालाई जन्म दिनको शुभकामना दिए ।

सात वर्ष अघि विश्वकर्मा पुजाको दिन ललितपुरको कुपन्डोलमा उनले काजल क्रियसन बुटिक स्थापना गरेकी थिईन् ।
सैयौं म्युजिक भिडियो तथा विभिन्न चलचित्रमा फेशन डिजाईन गरिसकेकी काजल अहिलेको पुस्ताकी फेशन डिजाईनरमा लोकप्रिय छन् ।

काजल क्रियसन बुटिककि सञ्चालिका काजल शर्मा बिगत एक दशकदेखि फेसन डिजाइन पेसामा छिन् ।
काजल क्रियसन बुटिकले नेपाल देखि युरोपसम्म आफ्नो संजाल फैलाउदै गएको छ ।
विश्व भरिनै अहिले उनले डिजाइन गरेको ड्रेसहरुको माग बढ्दै गएको छ ।
छोटो समयमा नै फेशनको संसारमा आफ्नो छुट्टै पहिचान बनाएर फेशन प्रेमीहरुको मन जित्न सफल काजल क्रियसन सेलेब्रेटिदेखि सर्बसाधारणहरुको रोजाइमा पर्न सफल भएको छ ।

विभिन्न चलचित्र देखि म्युजिक भिडियो तथा सेलेब्रेटि नायक नायिका, राजनीतिकर्मी, व्यवसायीहरु तथा सर्ब साधारणहरु को समेत ड्रेस डिजाइन गरेर काजल क्रिएशनले ख्याति कमाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु